
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्दैछ ।
यसअघि पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । विशेष महाधिवेशन र केन्द्रीय समितिका एजेण्डा तय गर्ने बताइएको ।
भोलि (विहीबार) माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ ।
जेनजी आन्दोलनपछि पहिलो पटक पदाधिकारी, स्थायीय समिति र केन्द्रीय समिति बैठक बोलाउने पार्टी हो । नेपाली काँग्रेस र नेकपा एमालेका शिर्ष र दोस्रो तहको नेताबीच घेचपेच जारी छ ।
प्रचण्डले जनेजी आन्दोलनको भावना र पार्टीका युवा पंक्तिको अपेक्षाअनुसार केन्द्रीय समिति भंग गरेर आयोजक समिति बनाएका छन् ।
अब जेनजी पुस्तासहित माओवादीको केन्द्रीय समिति बन्नेछ ।