काठमाडौं । पशुपति गौशाला स्थित धर्मशालामा काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ । पशुपति क्षेत्र विकास कोषले धर्म शालाको जिम्मेवारी महानगरपालिका दिएपछि मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीबलको टोलीले आफ्नो बोर्ड राखेको हो ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले महानगरपालिकालाई सम्बोधन गरी धर्मशाला सञ्चालनबारे पत्राचार गरेका थिए ।
सोही पत्राचारपछि महानगरपालिकाले मंगलबार नै माइकिङ गरेर खाली गर्नका लागि माइकिङ गरेको थियो । समितिले अदालतमा मुद्दाको अन्तिम किनारा नलागे सम्म न्य्यायिक अधिकार सुरक्षित हुनु पर्ने भन्दै बिरोध प्रदर्शन गरेका थिए ।
महानगरले बोर्ड राखेपछि मारवाडी सेवा समितिका सदस्यले विरोध गरेपछि महानगरप्रहरीसँग झडप भएको थियो ।
काठमाडौँ जिल्ला अदालतले २०६० सालमा श्री पशुपति नाथ अमाल कोट कचहरी हाल कोष र माडवारी सेवा समिति बीच धर्मशाला संचालन सम्बन्धि सम्झौता खारेजी सदर गरि दिएपछि धर्मशाला पशुपति नाथ मातहत आएको थियो , लगत्तै कोष र काठमाडौँ महानगर पालिका बीच धर्म शाला संचालन र ब्यबस्थापन गर्ने सम्बन्धि सात बुँदे सम्झौता भएको थियो ।