काठमाण्डाै उपत्यकासहित बाग्मती प्रदेश बात मनसुन बाहिरिएकाे छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बागमती प्रदेशको धेरैजसाे भू–भागकाे पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै ठाउँहरू , कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सबै भू–भागका साथै काठमाण्डौ उपत्यकासहित मध्य नेपालबाट मनसुन बाहिरिएकाे जानकारी दिएकाे छ ।
आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशका केही ठाउँबाट मनसुन बाहिरिएकाे थियाे । महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले अब नेपालका अरू ठाउँबाट पनि मनसुन बिस्तारै बाहिरिने छ ।