काठमाडौं । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ‘ईदउत्रफित्र’को अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले आज विज्ञप्ति निकाली ‘ईदउत्रफित्र’को अवसरमा भोलि बिदा दिने निर्णय गरेको जनाएको छ।
इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै छ ,भने अर्को दिन भोलि ‘ईदउत्रफित्र’ मनाउने स्लामिक परम्पराको अवसरमा सरकारले बिदा दिएको हो।