नेपाली जनता दशै¸ तिहार र छट पर्व मनाउने क्रममा छन्। सबै नेपाली मनहरुलाई यी पर्वहरुले सुख¸ शान्ति र प्रगतिको मार्ग प्रशस्त गर्न सघाओस् भन्ने शुभकामना दिन चाहन्छु।
हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी छ। दशैको अवसरमा हुम्ला आउनेहरुलाई सहज होस् भनेर नेपाल वायु निगमसँग छलफल गरेअनुसार यस बीचमा नियमित जहाज उडाउने निर्णय भएको छ। यसले अलि सहज हुने अपेक्षा गरिएको छ। सडक मार्ग भएर गाउँको घरमा आउनेहरुलाई हतार नगरी यात्रा गर्नु होला भन्न चाहन्छु।
गाउँमा हुनेहरु यतिबेला हिउँदे बालीनाली भित्र्याउने काममा व्यस्त हुनुहुन्छ। हिउँदे बालीमा सह आओस्। अन्नपात सहजै भित्र्याएर मात्र उदाउनी छोड्नु पर्छ। घाँस पात गरिरहनु भएको छ। बस्तुभाउ लेकको खर्कबाट झारेर गाउँ आसपास पुगीसकेका छन्। जनताका यी सबै क्रियाकलापसँग हाम्रो गहिरो सम्बन्ध रहेको छ।
यसबीचमा हामीले विशेष भेटघाट तथा जनसम्बन्ध बढाउनु छ। गाउँमा हुने कमरेडहरु गाउँमै र शहरका कमरेडहरुले शहर बजारका आफन्तसँग भेटघाट गर्नेछौ। यस अभियानले पार्टीको दीर्घकालीन लक्ष्य पुरा गर्न सघाउने अपेक्षा गरिएको छ।
म यहाँ हुम्ला जिल्ला अभियानको अनुभव साँट्न चाहन्छु। गत भदौ ११ गते जिल्लाको बैठकले निर्धारण गरे अनुसार भदौ १६ गते ५ वटा वडा बाहेक अरु सबै वडामा अभियानको उद्घाटन उत्साहजनक रुपमा भयो। अभियानका क्रममा तिल र चाला गाउँमा अभियानकर्मी भौतिक रुपमा नपुगे पनि त्यहाँका जनसमुदायसँग ताक्लाकोटमा पुगेर भेटघाट गरेका छौ। जेहोस् पहिलो चरणमा हामी हुम्लाका सबै गाउँघरमा पुगेका छौँ ।
अभियानका क्रममा हामीले हजारौ जनसमुदायलाई भेट्यौँ। सबै शहीद परिवारलाई भेट्यौँ । हुम्लामा १२७ जना शहीद परिवार हुनुहुन्छ। यसका साथै केही शहीदहरुको प्रमाणित गराउने पहल गरेका छौ। त्यो पनि जानकारी गराउने मौका पायौँ। घाइते अपाङ्ग कमरेडहरुलाई भेट्यौँ। हुम्ला मात्रै करिव ५०० जना घाइते तथा अपाङ्ग कमरेडहरु हुनुहुँदो रहेछ।
अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई पनि भेट्यौ। सबैका कुरा सुन्यौँ। आफ्ना कुरा पनि सुनायौँ। समग्रमा अहिलेको अवस्था बुझ्यौँ। जिल्ला अभियानको मध्यकालीन समीक्षा चंखेलीको मिमीमा बसेर गर्यौ। यो समीक्षा बैठक उत्साहजनक रुपमा सम्पन्न भयो। बैठकपछि जनसभाको आयोजना गरी बैठकले संश्लेषण गरेको कुरा सुनायौँ ।
जनतासँग माओवादी
अभियानको मुल उद्देश्य जनताको बीचमा जाने थियो। यो बीचमा भएको सम्बन्धलाई सुधार्नु पर्ने थियो। समग्र जनताको सुझाव लिनु थियो । सुशासनका लागि सरकारले लिएको पहलकदमीबारे बुझाउनु थियो। साथै¸ माओवादी जनताकै बीचमा छ र माओवादीले जनताकै लागि काम गरिरहेको छ भन्ने सन्देश प्रवाह गर्नु थियो। माओवादीको रक्षा र विकास पनि जनताको साथमा हुँदा मात्र हुन्छ। एक्काइशौ शताब्दीको समाजवादी बाटो कसरी तय गर्ने भन्ने कुरा पनि माटो सुहाउँदो हुन पर्नेछ।
हामी राजनैतिक रुपमा २०७९ चैतदेखि लगातार जिल्ला अभियानमा छौ। स्थानीय तहको निर्वाचन¸ जिल्ला समन्वय समितिको निर्वाचन¸ संघ र प्रदेशको निर्वाचनका लागि अभियान चलायौँ। त्यसपछि दुई महिने हुम्लाको समृद्धि र विकासका लागि संगठन सुदृढीकरण अभियान सञ्चालन गर्यौ। यस अभियानले स्थानीय निर्वाचन र त्यस अघिदेखिका अन्तरविरोधको हल गर्न सघायो। हरेक गाउँ ठाउँमा सामाजिक न्यायका आधार विकास हुनपर्ने आधार निर्माण गरायो। यसै कार्यबाट जिल्ला परियोजना बैँक तयार भयो।
अभियानका कमाण्डरहरु
पार्टी केन्द्रले तय गरेको अभियानलाई प्रदेश कार्यालयको योजनामा जिल्ला पार्टीले स्थानीय तह र वडामा जनशक्ति केन्द्रित गरेको थियो। केन्द्रले केन्द्रीय सदस्य¸ प्रदेश पदाधिकारी र जिल्ला संयोजकलाई पालिका इञ्चार्ज बनायो। हुम्लामा सात वटा स्थानीय तह छन्। नाम्खामा सिता शाही¸ सिमकोटमा विजय भण्डारी¸ खार्पुनाथमा वीरजङ शाही¸ सर्केगाडमा डा। दीपेन्द्र रोकाया¸ चंखेलीमा सर्पराज सिंह¸ अदानचुलीमा गंगा खड्का बोगटी र ताँजाकोटमा लालकेश जैसीलाई अभियानको पालिका इञ्चार्ज बनाइएको थियो भने जिल्ला इञ्चार्ज झकबहादुर मल्ललाई पठाइयो।
भदौ ११ गते प्रदेश इञ्चार्ज मात्रिका प्रसाद यादवको उपस्थितिमा जिल्ला पार्टीको बैठक बस्यो। प्रदेश पार्टीले प्रदेश समिति सदस्य र केही वरिष्ठ जिल्ला सदस्य तथा पालिका अध्यक्षलाई वडा इञ्चार्ज बनाएको थियो। जस अनुसार नाम्खाका ६ वटा वडामा क्रमसस् कमल ऐडी¸ नरजङ लामा¸ अकिल बुढा¸ प्रेम लामा¸ कुसुम कार्की र वली रावत वडा इञ्चार्ज हुनुहुन्छ। सिमकोटका ८ वटा वडामा क्रमसस् दलु फडेरा¸ पूर्ण बहादुर रोकाया¸ डाब्ला लामा¸ जुम्कित लामा¸ अमर शर्मा¸ दीर्घ बहादुर सिंह¸ काली बहादुर विक र ताक्ला जिम्केत लामा वडा इञ्चार्ज हुनुहुन्छ। खार्पुनाथका ५ वटा वडामा क्रमसस् नर भण्डारी¸ अर्जुन बोहोरा¸ दानसिंह परियार¸ धनलाल चौलागाई र दिपबहादुर सिंह हुनुहुन्छ। सर्केगाडका ८ वटा वडामा क्रमसस् धनलाल जैशी¸ अजवीर बुढा¸ देवीलाल चौलागाई¸ चन्द्रसिह कार्की¸ गोविन्द बहादुर शाही¸ धर्मराज बोहरा¸ प्रेम बहादुर शाही र गोपाल बुढा हुनुहुन्छ।
चंखेलीका ६ वटा वडामा क्रमसस् कार्मा नाम्ग्याल लामा¸ जस बहादुर भण्डारी¸ मान बहादुर थापा¸ महेन्द्र शाही¸ विर्क्या ऐडी र कुगा ग्याल्जन लामा हुनुहुन्छ। अदानचुलीका ६ वटा वडामा क्रमसस् सुरवीर ऐडी¸ कर्ण रोकाया¸ बागदल मल्ल¸ बम बहादुर शाही¸ नेत्र महतरा र मञ्जु बुढा हुनुहुन्छ भने ताँजाकोटका ५ वटा वडामा क्रमसस् ध्रुब बहादुर शाही¸ ज्ञानसिंह विक¸ मंगल नेपाली¸ लक्ष्मी योगी र कृष्ण रोकाया हुनुहुन्छ। प्रदेश सदस्य देवकी तिमल्सिना र गिता खड्कालाई सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको वडा न ७ र १ मा कार्यरत हुनुहुन्छ। गणेश रावल खार्पुनाथमै हुनुहुन्छ। टक्कबहादुर शाही प्रदेश खेलकुद क्षेत्रमा क्रियाशील हुनुहुन्छ।
केही वडा इञ्चार्ज विरामी भएका कारण र केही जना पारिवारिक समस्याका कारण फिल्डमा खट्न सक्नु भएन। त्यस ठाउँमा केही वरिष्ठ कमरेडहरुलाई जिम्मेवारी दिइयो। यसैले गर्दा सर्केगाडको बराइमा छवि थापा र रिपमा सिंह धामीलाई इञ्चार्ज बनाउनु परेको थियो। यसरी हामी हुम्लाको ४४ वटै वडा¸ सबै गाउँ र सम्भव भएसम्म सबैका घरसम्म पुग्ने प्रयास गर्यौ। यस्तै सुर्खेत¸ नेपालगञ्ज र काठमाडौमा पनि सम्पर्क समन्वय समिति मार्फत भेटघाट गर्ने योजना बनायौँ।
मध्यकालीन समीक्षा
अभियानको मध्यकालीन समीक्षा बैठकमा प्रदेश इञ्चार्ज मात्रिका प्रसाद यादव¸ कर्नाली प्रदेश प्रथम मुख्मन्त्री महेन्द्र बहादुर शाही र प्रदेश अध्यक्ष विमला केसीको उपस्थिति रहेको थियो। असोज ६ गतेका दिन शुरुमा चंखेली गाउँपालिका समितिका पदाधिकारीभन्दा माथिका जिम्मेवार कमरेडहरुबाट २०७९ को स्थानीय निर्वाचनको विवादू समाधानका लागि केन्द्रित भएर बस्यौँ। यसैगरी सबै वडाका इञ्चार्जहरुबाट रिपोर्टिङ लियौँ ।
असोज ७ गते विहान सिमकोट इञ्चार्ज विजय भण्डारी¸ अदानचुली इञ्चार्ज गंगा खड्का¸ नाम्खा इञ्चार्ज सिता शाही¸ चंखेली इञ्चार्ज सर्पराज सिंह¸ ताँजाकोट इञ्चार्ज लालकेश जैशी¸ सर्केगाड इञ्चार्ज डा दीपेन्द्र रोकाया र खार्पुनाथ प्रतिनिधि धनलाल चौलागार्इबाट रिपोर्टिङ भयो। यस्तै प्रतिनिधि सभाका माननीय छिरिङ डम्डुल लामा¸ प्रदेश सभाका माननीयद्धय रणसिंह परियार र जुम्कित लामाबाट पनि रिपोर्टिङ भयो। यसैगरी केन्द्रीय सदस्य तथा प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही¸ प्रदेश पार्टी अध्यक्ष विमला केसी र अभियानका जुम्ला जिल्ला इञ्चार्ज छिमी दोर्ची लामाले आफ्ना अनुभूति मन्तव्य राख्नु भयो। प्रदेश इञ्चार्ज मात्रिका प्रसाद यादव र जिल्ला इञ्चार्ज झकबहादुर मल्लले रिपोर्टिङको संश्लेषण गर्दै प्रशिक्षण दिनुभयो।
बैठकले अभियानको उद्घाटन उत्साहजनक रुपमा सम्पन्न भएको¸ जिल्लाको मुल टिमले अभियानको स्प्रीडलाई आत्मसात गरी परिचालित भएको¸ अभियानले सिंगो पार्टी पङ्ति र आम जनसमुदायमा सकारात्मक प्रभाव विस्तार गरेको¸ संगठन गतिशील र क्रियाशील भएको निष्कर्ष निकाल्यो। यस बीचमा विभिन्न पार्टी परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गर्ने लहर चलेको देखियो। ताँजाकोटबाट ३३ जना¸ सर्केगाडबाट २९ जना¸ अदानचुलीबाट ६ जना¸ खार्पुनाथबाट ३ जना¸ चंखेलीबाट १ जना र नाम्खाबाट १ जना गरी जम्मा ७३ जनाले पार्टी प्रवेश गरेको अवस्था छ।
श्रमदान मार्फत जनसेवाका कामहरु उल्लेख्य रुपमा भएको देखियो। सो क्रममा सर्केगाडको रादेउमा काठेपुल निर्माण भएको¸ सर्केगाड¸ ताँजाकोट¸ अदानचुली¸ चंखेली लगायतका गाउँपालिकाको अधिकांश वडामा बाटो मर्मत तथा स्थानीय सापेक्षतामा श्रमदानका कामहरु भएको पाइयो। पार्टी सदस्यता नविकरणको काम उल्लेख्य रुपमा अघि बढेको देखियो।
अभियानका क्रममा सीमा समस्याका रुपमा हेर्दा एकाध वडा इञ्चार्ज र सदस्यहरु कार्यक्षेत्रमा नगएको र अभियानको मुल मर्मलाई आत्मसाथ गरी कार्यान्वयन गर्नु पर्नेमा केही पालिकामा समस्या देखा परेको पनि पाइयो। यसैले अभियानलाई थप नयाँ उचाईमा पुर्याउन केही नयाँ प्रतिबद्धता जाहेर गर्ने कार्य भयो। जसअनुसार पार्टी र क्रान्तिको उद्देश्य मुताविक जिल्ला पार्टीलाई क्रियाशील बनाउने¸ जनताको माग अनुसार सबै तहका नेतृत्वहरु रुपान्तरण हुनपर्ने¸ पार्टी केन्द्र र सरकारको आव्हान बमोजिम कमिसनका आधारमा विकास कार्यक्रम ल्याउने र समाजलाई धमिल्याउने प्रवृतिलाई निरुत्साहित गर्ने¸ प्रमाण भेटिएमा शुरुमा आत्मआलोचना गराउने र सो नमानेमा कारवाहीका लागि ततत् समितिले पहल गर्ने भन्ने भयो।
हाम्रा गाउँहरु भीरमाथिका चिण्डा जस्ता छन्। प्राकृतिक विपतमा परेर कुन बेला के हुने हुन् थाहा छैन। सर्केगाड गाउँपालिकाको रिप¸ घिउसी¸ छ्यागी¸ रादेउ¸ फुचा¸ भिउपार्ना¸ भुवा र अदानचुली गाउँपालिकाको मकै काठेसेरा¸ कर्गै¸ पाँदा, पाल्स लगायतका स्थानमा वर्षे भेल तथा बाढी पहिरोका कारण भएको क्षति एकीन गरी क्षतिपुर्ति र उचित राहतको लागि पहल गर्ने निर्णय गरेका छौ। सोही अनुसार जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा निर्णय गराएर प्रदेश सरकारमा पठाइएको र प्रदेश सरकारले पनि राहत ५० लाख उपलब्ध गराएको जानकारी दिएको अवस्था छ।
लिमीको जाङ गाउँवासी स्वास्थ्य उपचारको कारण देखाएर सिंगो गाउँ विस्थापित हुने अवस्थामा पुगेको पाइयो । भोलि अरु गाउँहरुमा पनि यस्तै प्रवृति बढ्न सक्छ। हामी सुरक्षित आवासको पक्षमा छौँ। न्यारी¸ ठेहे¸ स्याँडा¸ याल्बाङ¸ छिप्रा र पिप्लाङमा बस्ती विकासका लागि अध्ययन भई सकेको छ। त्यसलाई कार्य रुप दिनुपर्छ। यसका साथै अन्य गाउँ ठाउँमा माटो परिक्षण गरी बस्ती विकासमा जोड दिनुपर्ने देखिएको छ। दलित बस्ती विकास कार्यक्रमलाई पनि सुधार गर्नपर्ने देखिएको छ। रिपगाडमा नन्दऋषि जैसी र काठेसेरामा रवि भियाललाई खहरे खोलाले बगाएर दुस्खद निधन भएको हुँदा मृतकको परिवारजनमा समवेदना प्रकट गर्दै स्थानीय पार्टीलाई भेटघाट गर्न लगाइएको छ।
अनेमसंघ क्रान्तिकारी र नेपाल दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरियो। सोही अनुसार दुवै संगठनको जिल्ला सम्मेलन सर्केगाडमा असोज ८ गते सम्पन्न भइ सकेको छ। यसैगरी पूर्व जनमुक्ति सेनाको संगठनलाई सबै पालिकाले कार्तिक मसान्तसम्म निर्माण गरिसक्ने¸अखिल क्रान्तिकारीले सबै माध्यमिक विद्यालय र क्याम्पसमा संगठन निर्माण गरी जिल्ला सम्मेलनको तयारी गर्न लगाउने भनेका छौ।
अखिल नेपाल किसान संघ क्रान्तिकारी¸ नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन¸ हिमाली लामा मुक्ति मोर्चा नेपाल¸ थपाल्या व्यासी मुक्ति मोर्चा¸ शहीद परिवार समाज¸ जनक्रान्तिका घाइते अपाङ्ग योद्धा संघ¸ अखिल नेपाल ट्रेड युनियन महासंघ¸ रिटर्नी नेपाल र सहकारी नेपालको मंसिरसम्म पालिका सम्मेलनहरु सम्पन्न गर्ने¸ प्रेस सेन्टर¸ एकीकृत अखिल नेपाल शिक्षक संगठन¸ अखिल नेपाल स्वास्थ्यकर्मी संघ¸ नेपाल राष्ट्रिय कर्मचारी संगठन¸ नेपाल राष्ट्रिय स्थानीय संगठन¸ उद्योग व्यापार महासंघ¸ एनजिओ फेडरेशन¸ खेलकुद महासंघको मंसिरसम्म जिल्ला बैठक सम्पन्न गर्ने तयारी गरिएको छ।
यसैगरी सबै विभाग प्रमुखले मंसिरको बैठकमा कार्ययोजना प्रस्तुत गर्ने¸जिल्ला सरकार सञ्चालन तथा निर्देशन समितिको आयोजनामा स्थानीय सरकारको प्रभावकारी सञ्चालनका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षणको व्यवस्था गर्ने¸ आकस्मिक स्वास्थ्य कोष तयार गर्ने¸ समग्र हुम्लाको विकास र समृद्धिको कार्ययोजना निर्माण गर्ने¸ संसद विकास कोष वितरण गर्ने अवस्था आएको खण्डमा सामाजिक न्यायको सिद्धान्त अख्तियार गरी विनियोजन गर्न अनुरोध गर्ने तथा विकास निर्माणका कार्यक्रम प्रस्ताव गर्दा खार्पुनाथ र चंखेली गाउँपालिकालाई पहिलो प्राथमिकता दिने निर्णय गरिएको छ।
चंखेलीको समस्या समाधान गर्न स्वयम चंखेलीका जिम्मेवार कमरेडहरुले गरेको प्रतिबद्धतालाई सम्मान गरिएको छ। समस्या समाधान गर्न चंखेलीका कमरेडहरुलार्इ एक महिनाको समय सीमा निर्धारण गरिएको छ। सो विवाद समाधान नभएमा प्रदेश कार्यालयको पहलमा उपयुक्त विधि सहित समाधान गर्ने पनि किटान गरिएको छ।
समाजवादी मोर्चा नेपाल¸हुम्ला गठनका लागि जिल्ला संयोजक र सचिव मध्ये एक जना र एक जना महिला सदस्य रहने निर्णय गरियो। सो अनुसार अनेमसंघ (क्रान्तिकारी) को जिल्ला संयोजक कुसुम कार्कीलाई मनोनयन गरियो। यसको पहिलो बैठक असोज ३ गते सर्केगाडमा बस्यो। दोस्रो बैठक असोज ९ गते चंखेलीमा बस्यो। तेस्रो बैठक असोज १७ गते सिमकोटमा बस्यो। मोर्चाबाट पालिका स्तरको सन्देश सभा मंसिरमा दिने तयारी गरिरहेका छौ।
नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड प्रचण्डको चीन भ्रमणमा हिल्सा-सिमकोट सडकको स्तरोन्नति गर्ने दुई देशीय समझदारी भएकोमा खुशी व्यक्त गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गर्यौ। यस समझदारीले हुम्ला र समग्र कर्नाली प्रदेशको विकासमा उल्लेख भूमिका खेल्ने विश्वास गरिएको छ।
केही जल्दाबल्दा कुरा
गाउँघरमा नेतृत्व र पहुँचको अभावका कारण विकास आउन गाह्रो छ। आएको विकास कार्यक्रम व्यक्ति केन्द्रित हुने र ती केही व्यक्तिको भ्रष्ट आचरणका कारण गाउँ समाजमा अनेक खाले अन्तरविरोध देखा परेका छन्। कयौँ विषयमा जिम्मेवार व्यक्तिहरुको नाम जोडिएर नआओस् भन्ने अपेक्षा गरिन्छ। उठेका विषय सही नहोस् भन्ने कामना पनि गरिन्छ। तर¸ तिनै विषय जल्दो बल्दो भएर उठी दिदा निकै अप्ठेरो पर्ने रहेछ। हामी रुपान्तरण चाहन्छौ¸ यसैले तिनको हल निर्वाचित जनप्रतिनिधिहरुलार्इ जनतासँग जवाफदेही बनाउन पर्ने देखिएको छ। सार्वजनिक प्रशासनमा व्यापक सुधार ल्याउन आवश्यक छ।
कर्नाली करिडोरको छार्या भीर छिचोल्न दुर्इ महिना लाग्ने देखिन्छ। सल्लीसल्लामा दशैभित्रै र खार्पुनाथमा त्यसपछि बेलिब्रिज बन्ने पक्का भएको देखियो। एक दर्जन लिंक सडकहरु बन्ने क्रममा छन्। यतिखेर दशै तथा पर्यटन आवागमनको अवस्था हेर्दा हुम्लामा प्रत्येक हप्ता २० वटा उडान गर्नुपर्ने अवस्था छ। हाल १४ वटा उडान हुनसक्ने भनिएपनि चार वटा जहाजले ११ वटा उडान भर्ने गरेको पाइएको छ। अहिले समिट एअरले मात्र प्रत्येक दिन उडान भर्ने गरेको छ। यसैले नेपाल वायु सेवाको जहाजले सुर्खेत वेश बनाएर हप्तामा ५ वटा उडान गर्न लगाउने¸ सिता र तारा एअरलार्इ ४र४ वटा उडान गर्ने वातावरण बनाउन आवश्यक देखिएको छ।
कर्नाली र त्यसमा हुम्लालार्इ विकासको मुलप्रवाहमा ल्याउन राष्ट्रिय सडक सञ्जालमा जोड्नै पर्छ। जोडने क्रममा छ। यसलार्इ स्तरोन्नति पनि सँगसँगै अगाडि बढाउनु पर्छ। राष्ट्रिय विधुतीय प्रशारण लाइन सुर्खेतबाट हिल्सासम्म पुर्याउनै पर्छ। यसो नगरी हुम्लाले औद्योगिक रुप प्राप्त गर्न सक्दैन। यसैगरी फोरजी सञ्चार नेटवर्क विस्तार गर्नुपर्छ। नेपाल सरकारले सामाजिक न्याय दिन उक्त सुविधा निशुल्क उपलब्ध गराउनु पर्छ।
एवं प्रकारले बस्ती बिकास¸ आवाशीय विद्यालय र बन्दै गरेका पालिकास्तरीय १५ शैयाको अस्पतालमा दक्ष चिकित्सकको व्यवस्था गर्नुपर्छ। सबै नागरिकलार्इ दक्ष बनाउने र स्वरोजगारमा केन्द्रित गराउन सकेको खण्डमा समाजवादी अर्थतन्त्र निर्माण गर्न महाभारत लाग्ला ररु हामीसँग रहेको प्राकृतिक स्रोत साधनको पहिचान र परिचालनको खाँचो छ। हुम्ला सबै नेपालीको लागि पर्यटकीय गन्तव्य बन्नेवाला छ। यो रहस्य बुझ्न र बुझाउन सक्नु पर्छ। यसरी हामीले राजनैतिक परिवर्तनसँगै जीवनस्तर बदल्ने अभियान अगाडि बढाउन आवश्यक छ।
जेहोस्, यो अभियानको नाम अनुसार माओवादी जनतासँग पुगेको छ। जनता जागेका छन्। अन्य राजनैतिक पार्टीहरुमा पनि हलचल पैदा गराएको छ। धेरैको आशा र अपेक्षा जनप्रतिनिधिसँग जोडिएको हुन्छ। पार्टीले केवल साँक्षी बस्ने र सहजीकरण गर्ने काम गर्नु परेको छ। पार्टी र सत्ताबारे रहने बुझाइमा एकरुपता ल्याउन आवश्यक छ। अझ भनौ, पार्टी सञ्चालन गर्ने परम्परागत तरिका बदल्नै पर्छ। पार्टीभित्र भने विशेष रुपान्तरण को कति भयो वा रुपान्तरण भएको प्रमाणित कसरी गर्ने भन्ने सवाल अझै जिउदै छ।
लेखक नेकपा माओवादी केन्द्रका कर्नाली प्रदेश समिति सदस्य तथा हुम्ला जिल्ला समन्वय समितिका संयोजक एवं कर्नाली प्रदेश योजना आयोगका पूर्व सदस्य हुनुहुन्छ।