काठमाडौँ ।उदाय् समाजको आयोजनामा दोश्रो गुंला बाजा प्रदशन हुने भएको छ। समाजमा अवद्द ९ वटा विभिन्न थरका ६ समुहले शनिबार( आश्विन ६ गते ) काठमाडौँ दरवार क्षेत्र गद्दी बैठक अगाडी डवलिमा नेवा : समुदायमा बजाइने रम्परागत गुंला बाजा प्रदशन गरिन लागिएको हो।
समाजका अध्यक्ष डा रुपज्योति कसाले आज आयोजित पत्रकार सम्मेलनमा रम्परागत गुंला बाजा प्रदशनको तैयारी पुरा भएको जानकारी दिनु भयो । बुद्धधर्म तथा बौद्ध सस्कृतिका अनियायी उदाय् समाजले मानिदै आएको लामो धार्मिक पर्व नौ पर्व अहिले पनि उस्तै आस्थापुर्वक समाजले जीवन्त बनाइ राखेको छ। नेपाल संवतको १२ महिना मध्य १० औ महिना अर्थात भाद्र कृष्ण पक्ष् बात श्रावण शुक्ल पक्ष सम्म लाइ ‘ गुंला ’ महिना भनिले गर्दछ।
मौलिक पम्परा बचाई राख्न नयाँ पुस्तालाइ समेत समेट्ने उदेश्यका साथ् समुदाय आवद्द समुहलाइ समाजले बाजा तालिम दिदै आएको छ।