काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यतालिका छ ।
शुक्रबार उम्मेदवारी दर्ताको समय थियो । गठबन्धनको तर्फबाट रविको पार्टीकी सांसद इन्दिरा राना र नेपाली काँग्रेससहितका दलहरुको समर्थनमा मुक्ताकुमारी यादवले उम्मेदवारी दिएकी छन् ।
रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् भने यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् ।
त्यस्तै, यादवको समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।
सभामुख जस्तै उपसभामुखमा पनि गठबन्धनले नै जित्ने निश्चित छ ।