आज :

सबैलाई चकित पार्दै १३ उम्मेदवारले पाएको मतभन्दा पनि धेरै मत ल्याएर विजयी प्रेम, को हुन् उनी ?

  • अनलाइन डबली

भक्तपुर । भक्तपुर १ मा नेमकिपाका प्रेम सुवालले सानदार जित हासिल गरेका छन् । नेमकिपाको गढ मानिने सो क्षेत्रमा सुवालले आफ्नो प्रतिस्पर्धी सबै १३ उम्मेदवारले पाएको भन्दा पनि धेरै मत पाएर विजय हासिल गरेका हुन् ।

सुवालले ४२ हजार ७६१ मत पाएर विजयी हासिल गर्दा सबै १३ उम्मेदवारले जम्मा २८ हजार ९४७ मत मात्रै पाए । १३ दल तथा स्वतन्त्र उम्मेदवारले भन्दा पनि सुवालले १३ हजार ८१४ मत बढी पाएको निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

मतगणनाको अन्तिम मतपरिणामअनुसार एमालेका उम्मेदवार नवराज गेलालले ११ हजार ९६८ मत पाए भने राप्रपाका भरतबहादुर खड्काले ९ हजार ३०३ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत प्राप्त गरे ।

यसैगरी राप्रपा नेपालका माधव खत्रीले ७१७, मौलिक जरोकिलो पार्टीका बलराम प्रजापतिले ३३६, नेकपा मालेका दीपक लामिछानेले २७७, आमूल परिवर्तन पार्टीका डम्बर बहादुर थिङले २५०, जसपा नेपालका हिरालाल खड्काले २४६, नेपालका लागि नेपाली पार्टीका अर्जुन प्रसाद नपालले २४० मत पाउँदा स्वतन्त्र उम्मेदवारहरु गोकर्ण प्रसाद गेलालले १४०, अर्जुन कोजु ७८, पुष्पराम गेलाल ७५ र सुलोचना छ्वाजुले ३५ पाए ।

भक्तपुरमा सुवाल दोस्रो पटक विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा पनि सुवाल नै भारती मतका साथ विजयी भएका थिए । भक्तपुर–१ बाट २०४८ देखि २०७० सालसम्म विजुक्छेले ५ पटक चुनाव जिते ।

२०७४ सालमा विजुक्छेले पार्टीमा अरू नेतालाई अवसर दिने भन्दै विश्राम लिएपछि नेमकिपाकै सुवाल निर्वाचित भए । यो चुनावमा समेत उनै सुवाल नेमकिपाको उम्मेदवार बनेर विजयी भएका हुन् ।

भक्तपुर–१ निर्वाचन क्षेत्र अन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका पर्छन् । भक्तपुर नगरपालिका नेमकिपाको गढ मानिन्छ । चाँगुनारायण नगरपालिकामा मिश्रित जनमत छ ।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा पनि भक्तपुर नगरपालिका प्रमुख र उपप्रमुखसहित १० वटै वडा नेमकिपाले जितेको थियो । कांग्रेस, एमाले र माओवादी लगायत पार्टीले यहाँ नेमकिपाभन्दा निकै कम मत पाएका थिए ।

यस क्षेत्रकै चाँगुनारायण नगरपालिकामा भने नेमकिपाले ९ नम्बर वडा अध्यक्ष मात्रै जितेको थियो । अरु वडामा भने कांग्रेस, एमाले, माओवादीभन्दा निकै कम मत पाएर नेमकिपा पराजित भएको थियो । भक्तपुरको जनमतकै कारण नेकपाले विगतका ६ चुनाव लगातार जित्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal