आज :

सांसद पदबाट राजीनामा घोषणा गर्दै लिङदेनले भने– मलाई असाध्यै लज्जित तुल्यायो

  • अनलाइन डबली

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए ।

आउने संसदमा आफ्नो दलको प्रभावकारी उपस्थितिका लागि देशभर हिड्नुपर्छ भनेर आउन छाडेको उनले सुनाए । तर पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए ।

‘संसदको आयु मंसिर ४ गते पछि पनि निरन्तर राख्ने भन्ने निर्णय प्रक्रिया भएका छन् त्यसले मलाई असाध्यै लज्जित, दुखित तुल्यायो’, लिङदेनले भने, ‘यहीबाट घोषणा गर्न चाहान्छु कि आजबाट यहाँ संसदको रुपमा उपस्थित नहुनेमात्रै होइन, मेरो नाममा आउने तलवभत्ता समेत रोकियोस् । मेरो अन्तरआत्माको निर्देशन अनुसार सबै चीज त्याग गर्न उपस्थित भएको छु ।’

उनले संसदको ५ वर्षे कार्यकालमा संसदमा पार्टीको एक्लो सदस्यका रुपमा उपस्थित हुँदा पनि अन्य माननीयहरुबाट पाएको स्नेह सम्झिरहने बताए ।

राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘अबबाट यहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भनेर लेखे दिन पनि तयार छु ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal