आज :

विप्लव नेकपाका नेता बास्तोलाले निकाले यस्ताे विज्ञप्ति, फिर्ता नहुने उम्मेदवारलाई कारवाही

  • अनलाइन डबली

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयले सदस्य धर्मेन्द्र बास्तोलाले पार्टीको निर्णय र नीतिविरुद्ध स्थानीय चुनावमा उम्मेदवार बनेका पार्टी केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीलाई अविलम्ब उम्मेदवारी फिर्ता लिन आह्वान गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्यसहित जिल्ला नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको २४ घण्टा नबित्दै बास्तोलाले मंगलबार विज्ञप्ति सार्वजनिक भएकाे छ । तर, हिजकै मितिमा विज्ञप्ति निकालेर बास्ताेलाले उम्मेदवारी दर्ता पार्टी निर्णयविरुद्धमा भएको भन्दै बास्तोलाले पार्टीका नेताहरुलाई उम्मेदवारी फिर्ता लिन आह्वान गरेका हुन् ।

पार्टीको आठौँ केन्द्रीय समितिको १२ औँ बैठकको निर्णयअनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित भए पनि कतिपय स्थानमा केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी नै उम्मेदवार बनेको पाइएकाले भन्दै बास्तोलाले तत्काल मनोनयन फिर्ता लिन भनेका छन् ।

बास्तोलोले विज्ञप्तिमा भनेका छन्, “यही वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचनका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय समितिको १२ औँ बैठकको निर्णयअनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित भएबमोजिम पार्टीले चुनाव उपयोग नगर्ने नीतिको तात्पर्य स्वाभाविक रूपले न्यूनतम् मूल्यमा केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने मान्यताका विपरीत कतिपय कमरेडहरूले विभित्र पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू सार्वजनिक रूपमा प्रकाशित भएकाले पार्टीको नीति अनुसरण गर्ने कमरेडहरूलाई नीतिविपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ ।”

स्राेतका अनुसार चुनावलाइ लिएर नेकपाभित्रकाे समस्या उत्कर्षमा पुगेकाे छ । फिर्ता नभए चुनावमा सहभागी हुन उम्मेदवारी दर्ता गराएका नेताहरूलाइ कारवाही गर्ने तयारी भइरहेकाे छ ।

पार्टी महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्कबहादुर विश्वकर्मा चुनावकाे पक्षमा छन् भने नेता बास्ताेला र हेमन्तप्रकाश अाेलीसहितका नेताहरू चुनाव उपयाेग र बहिस्कार दुबै नगर्ने पार्टीकाे निर्णयकाे पक्षमा उभिएका छन् ।

पार्टीकाे केन्द्रीय समिति बैठकमा पार्टीले अाधिकारिक रूपमा उम्मेदवारी दर्ता नगर्ने जिल्ला सदस्य भन्दा तल्लाे तहका नेता जान चाहेमा जान दिने र उनीहरूले पार्टीबाट राजिनामा दिनु पर्ने भन्दै निर्णयविरूद्द केन्द्रीय सदस्य नै चुनावमा भिडेपछि विज्ञप्ति निकालेरै फिर्ता हुन अाह्वान गर्नु परेकाे एक नेताले बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal