आज :

उप–मेयर खड्गीको छड्के, दूर्गा ट्रेडर्सका खाद्यन्न बिक्रीमा रोक

काठमाडौँ ।  कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जय माँ दूर्गा ट्रेडर्सबाट उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत उल्लेख नभएको बिक्री गरेर ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास नियन्त्रणमा लिएर बिक्रीका लागि रोक लगाइएको छ ।
हालै काठमाडौं महानगरपालीकाकी नगर उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले यस्ता खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको हो । उत्पादक कम्पनिको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी २ सय सादा पहेँलो बोरामा बिक्रीका लागि राखिएका केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङ्का करीब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमासलगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाणसहितका कागजात पेश नगरुञ्जेलका लागि बिक्रीमा प्रतिवन्ध लगाइएको हो ।

बनेपाको एविसि खाद्य स्टोरका लागि ट्रेडर्सले पिकअप गाडीमा राखेर यी सामान पठाउन लागेको थियो । खाद्य सामाग्रीमा हुनु पर्ने पर्ने आधारभूत मापदण्ड नभए पछि अनुगमनकै क्रममा ती सामान गोदाममा फिर्ता गराइएको थियो । महानगरपालिकाले ट्रेडर्ससँगै आइतबार कुलेश्वर क्षेत्रका खाद्य थोक पसलहरुको अनुगमन गरेको हो । त्यस क्रममा विभिन्न दिनिक उपभोग्य खाध्य सामग्री दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था जाच गरिएको थियो । सो क्षेत्रमा पसलहरु बन्द रहेपनि अनुगमन टोलीले सडकमा खाद्यान्न ढुवानी गरेर आएका सवारीमा राखिएको सामानको गुणस्तर र सम्भावित चुवाहटको समेत जाच गरेको थियो ।

अनुगमनपछि प्रतिक्रिया दिँदै उपमेयर खड्गी श्रेष्ठले भन्नुभयो — खाद्य गुणस्तरमा ध्यान पु¥याउन सकिएन भने रोगसँग लड्ने क्षमता घट्छ । हुन त गुणस्तरमा कहिल्यै पनि समस्या आउन दिनु हुँदैन । बिषम परिस्थितिमा त झन् चनाखो हुनुपर्छ । उहाँले थप्दैभन्नुभयो — सबैले गलत गरेका छन् भन्ने होइन, जटिल अवस्थामा जोखिम मोलेरै भए पनि सामाग्री ढुवानी गरेकाकारण सहरी जीवन सरल भएको छ । तर, बिषम परिस्थितिको फाइदा उठाउनेबाट भने बच्नै पर्छ । यसका लागि हामी अनुगमनलाई नियमित गर्छौं ।

आज त्रुटी पाइएको ट्रेडर्सलाई कारवाहीको प्रक्रिया अघि बढाउँछौं । कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी भन्नुहुन्छ — लेबल नटाँसिएका, टाँसे पनि अक्षर मेटिएका र नबुझिने, ढक तराजु, पसलको दर्ता नविकरण अद्यावधिक नगरिएका, कर चुक्तालाई नियमति गर्न बाँकी भएको जस्ता समस्या धेरै जसोमा देखिएका छन् । यी सबैलाई कारवाहीको दायरामा ल्याउँछौ ।

 

 

 

सामानको लागत मूल्य एकिन नहुँदा अधिकतम् मूल्यसम्ममा आइपुग्दा उपभोक्ताभन्दा बीचको तहले फाइदा उठाएका छन् । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधब तिमिल्सेना भन्नुहुन्छ — उपभोक्ता अधिकारका कोणबाट यही प्रणालीमा समस्या छ । बिल नै जारी नगरी खरिद बिक्री गर्दा व्यापारमा बिकृतिम मौलायो । थोक पसलपछि कालीमाटी चोकमा रहेका खाद्य पसलको अनुगमन गरिसकेपछि दुवैतिरको मूल्य तुलना गर्दै तिमिल्सेनाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
सामानको तौल र लेबलका बिषयमा ध्यान दिन नसक्नु, व्यवसाय दर्ता र नविकरणमा ध्यान नदिनु, मूल्य सूची नराख्नु, खरिद बिक्री जारी नगर्नु कालीमाटी चोकमा रहेका खाद्यपसलहरुको साझा कमजोरी देखियो । म्याद सकिएका सामाग्री के गर्नुहुन्छ? प्रश्नको स्पष्ट उत्तर दिन नसक्नु व्यापारीहरुको अर्को कमजोरी हो ।

महानगरको उपभोक्ता हित समितिले अहिले तरकारी, खाद्य, दूग्ध पदार्थ तथा मासुजन्य सामाग्रीको बजार अनुगमन गरिरहेको छ । यस अघि कालीमाटी र बल्खु तरकारी बजार हेरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal