आज :

काँग्रेस विवादः शशांक घरमा पौडेल पक्षको विशेष भेला

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद झन् चर्कदै गएको छ । केन्द्रीय समिति बहिस्कार गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले विशेष भेला गरेका छन् ।  भेला तरूणको नाममा गरिएको छ ।

महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा मंगलबार पौडेल पक्षधर नेता-कार्यकर्ताको विशेष भेला डाकिएको हो । भेलामा तरूण दल विवाद समाधानबारे रणनीति तय गरिने बताइएको छ ।

कांग्रेसको युवा भातृ संगठन तरूण दल लामो समयदेखि विवादको दलदलमा फस्दै आइरहेको छ । विवाद चर्किएपछि अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एकअर्कालाई कारबाही गरेको घोषणासमेत गरेका थिए ।

आन्तरिक विवादका कारण तरुण दल केन्द्रीय कार्यसमितिको तीन वर्षे म्याद सकिएको छ । २०७३ मंसिर २ गते भागबण्डाका आधारमा तरुण दलको चार सदस्यीय कार्यसमिति घोषणा गरिएको थियो ।

जितजंग बस्नेतको अध्यक्षमा गठित कार्यसमितिको उपाध्यक्षमा उत्तम चापागाइँ, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ छन् । तरुण दलको कार्यसमिति ९९ सदस्यीय हुनुपर्नेमा यही अपुरो कार्यसमितिले तीन वर्षे म्याद गुजारिसकेको छ ।

यद्यपि कार्यसमितिलाई ६ महिना म्याद थप्न पाउने अधिकार भएकाले अहिलेको कार्यसमिति नै यथावत रहेको तरुण नेताहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal