काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको बैठकमा पहिलो दिन अध्यक्षको प्रतिवेदन पेश भएको स्थायी समिति सदस्य चक्रपाणि खनालले जानकारी दिए । उनका अनुसार प्रतिवेदनमाथि सोमबारदेखि छलफल हुनेछ ।