आज :

पूर्वराष्ट्रपति सुधारगृहमा नजरबन्द, यस्तो छ कारण

काठमाडौं । पूर्वराष्ट्रपतिलाई ओमार अल बसिरलाई दुईवर्षसम्म सुधारगृहमा राख्न अदालतले आदेश दिएको छ । यो घटना सुडानको हो ।
सुडानमा आन्दोलन चर्केपछि सेनाले पदच्युत गरेका बसिरलाई अदालतको आदेशमा दुईवर्षसम्म सुविधासहितको सुधारगृहमा राखिने भएको छ ।

आफनो कार्यकालमा पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा बसिर दोषी ठहर भएका थिए ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सुडानको कानुनअनुसार ७० वर्ष काटेका कुनैपनि नागरिकलाई जेल सजाय दिन नमिल्ने भएका कारण उनलाई सुधारगृहमा नै नजरबन्दमा राखिने भएको हो ।

सुडानमा गत वर्ष राष्ट्रपतिविरुद्ध भएको आन्दोलनका क्रममा बसिरले प्रदर्शन दबाउन प्रदर्शनकारीहरुमाथि गोली प्रहार गर्न सम्मको आदेश दिएको समाचारमा जनाइएको छ ।

जसका कारण उनीमाथि निर्दोष व्यक्तिको हत्याविरुद्ध अर्को मुद्दा पनि परेको छ ।

यही मुद्दाको सुनुवाई पछि हुने पैmसलापछि मात्रै नजरबन्दको सजाय सुरु हुनेछ । बसिरलाई गत अप्रिलमा पदच्युत गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal