आज :

भारतीय सुरक्षाकर्मीको क्याम्पभित्र गोलीबारी

काठमाडौं । भारतमा एउटा सुरक्षा क्याम्पभित्र गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सीका अनुसार माओवादी प्रभावित क्षेत्र छत्तीसगढको नारायणपुर जिल्लास्थित भारत-तिब्बत सीमा पुलिस बलको क्याम्पभित्र गोली चलेको हो ।

बुधबार बिहान स्थानीय समयअनुसार करिब ९ बजे उक्त घटना भएको र सुरक्षाकर्मीबीच आपसमै गोलीबारी हुनुको कारण पत्ता लाग्न नसकेको जनाइएको छ ।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बटालियनमा आपसी विवादका कारण एक जवानले स्वचालित हतियारबाट आफ्नै सहकर्मीमाथि अन्दाधुन्द गोली चलाएका थिए ।

गोली लागेर ५ जनाको मृत्यु भएको थियो । हमलाकारी ती जवानले आफैलाई गोली हानेर आत्महत्या गरेको बताइएको छ । आफ्नै सहकर्मीको हत्यापछि आत्महत्या गर्ने जवानको पहिचान खुलाइएको छैन ।

यद्यपि सामाजिक सञ्जालमा स्थानीय स्रोतलाई उद्धृत गर्दै जनाइए अनुसार ४५ औं बटालियनका मुसुदुल रहमानले ५ सहकर्मीको हत्यापछि आत्महत्या गरेका हुन् । गोली लागेर २ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal