आज :

टिप्परले पैदल यात्रीलाई ठक्कर दिदा मृत्यु

काठमाडौं । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका-१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षिय समीर विक रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार टिप्परले ठक्कर दिई घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लगिए पनि मृत्यु भएको हो ।

ठक्कर दिई फरार रहेको सवारी साधनलाई सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजीकार्य भैरहेको छ ।

काठमाडौं कोटेश्वर तीनकुनेबाट बा.३ ख. २५३१ नं.को टिप्पर र चालक काभ्रे महाभारत गापा–८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षिय सिद्धिमान तामाङलाई भने पक्राउ गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal