काठमाडौँ । सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले मशाल जुलुस निकालेको छ । लिपुलेक-कालापनी, सन्दकपुरमा भारतले सीमा अतिक्रमण गरेको विरोधमा नेविसंघले मशाल जुलुस निकालेको हो ।
सोमबार साँझ काठमाडौंको बालाजुमा नेविसंघले मशाल जुलुससहित प्रदर्शन गरेको थियो। प्रहरीले प्रदर्शनमाथि हस्तक्षेप गर्दै निवसंघका २१ नेता-कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।
प्रहरीले निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाहलगायतलाई गिरफ्तार गरेको नेविसंघले जनाएको छ ।
भारत र चीनले नेपालीभूमीमाथि अतिक्रमण गरेको भन्दै फिर्ताको लागि विरोध गर्दा सरकारले दमन गरेको भन्दै नेविसंघले जनाएको छ ।
- फाइल फोटो