आज :

हात्तीको आक्रमणबाट महिला घाइते

काठमाडौं । जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिला घाइते भएकी छिन् ।

सोमबार दिउँसो बेदकोट नगरपालिका १ हात्तीथलाकी ४५ वर्षिय जानकी धामी घाइते भएकी हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतको बैजनाथ मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी उनको दायाँ खुट्टामा हात्तीले कुल्चिएको थियो ।

बैजनाथ मध्यमर्ती सामुदायिक वनका कोषाध्यक्ष गणेश बहादुर धामीले ५-७ वटा हात्तीको बथानमा आएका हात्तीले जानकीको खुट्टामा कुल्चिएको बताए । उनका अनुसार हात्तीको कुल्चाईले जानकीको घुडादेखि तल पुरै टुटेको छ ।
वनमा खर काट्न गएका अन्य महिलाहरुले हल्ला गरेपछि हात्तीको बथान भागेको थियो । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार हुन सकेपछि अन्त लगिएको छ ।

यसअघि शुक्लाफाँटा नगरपालिका–१ बन्साह चौधरी टोलका ६५ वर्षिय बलदेव बोहरामाथि हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal