काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेकी हुन् ।
तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि ७ वटै प्रदेशका प्रमुख सिफारिस गरेको थियो । देउवा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखलाई नियुक्त गरेकी थिइन् ।
देउवा सरकारले प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वर लाल कायस्थ, प्रदेश नम्बर ३ को प्रमुखमा अनुराधा कोइराला, गण्डकी (४ नम्बर) प्रदेशको प्रमुखमा बाबुराम कुँवर, प्रदेश नम्बर ५ को प्रमुखमा उमाकान्त झा, कर्णाली (६ नम्बर) प्रदेशको प्रमुखमा दुर्गा केशर खनाल र सुदूरपश्चिम (७ नम्बर) प्रदेशको प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरिएको थियो ।
आइतबार सरकारले सबै प्रदेश प्रमुखलाई एकैसाथ बर्खास्त गरेको छ ।
- फाइल फोटो