आज :

चितवनमा ७ जना जुवाडे नगदसहित पक्राउ

काठमाडौं । चितवनमा नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका-२ बालकुमारी रोडबाट मङ्गलबार जुवातास खेल्ने र खेलाउने ७ जनालाई नगदसहित पक्राउ गरेको हो ।

तनहुँ घर भई भरतपुर-२ मा डेरा गरी बस्ने ३५ वर्षिय राजेशकुमार विकले सोही घरको तेस्रो तलाको आफ्नै कोठामा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२ का ३५ वर्षिय राजेश विक, भरतपुर-१ का ३५ वर्षिय कपिल गुरुङ, भरतपुर-१ कै ३५ वर्षिय सरोज पोखरेल, भरतपुर-२ क्षेत्रपुरका ३१ वर्षिय विशाल लामा, गैँडाकोट-९ का ३४ वर्षिय कर्म गुरुङ, भरतपुर- का ३५ वर्षिय राजन ठकुरी र लमजुङका ३२ वर्षिय एडेन गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट ७८ हजार ५०५ सहित नियन्त्रणमा लिई कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal