काठमाडौं । गोदावरी नदीमा डुंगा दुर्घटना भएको छ । यो समाचार भारतको हो । भारतको आन्द्र प्रदेशको गोदावरी नदीमा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
स्थानीय संचारमाध्यमहरुका अनुसार ६१ यात्रुसहितको डुंगा डुबेको थियो । क्षमता भन्दा बढी यात्रु भएकै कारण डुबेको आशंका गरिएको छ । उक्त डुंगामा ५० जना यात्रु र ११ जना कर्मचारी रहेको बताइएको छ ।
घटनामा थुप्रै यात्रुहरु हराइरहेका कारण उद्धारकर्मीहरु परिचालन गरिएको छ । गोदावरी नदीको बीच भागमा रहेको पापीकोंडालु पहाड घुम्न गएकाहरु दुर्घटनामा परेका हुन् ।
यसैबीच आन्द्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।