सल्यान । जिल्लामा एक गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा आगजनी गरिएको छ । सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा शनिबार मध्यराति अज्ञात समूहले आगजनी भएको हो ।
गाउँपालिकाको कार्यालयमा पार्किङ गरेर राखिएको रा १ झ १०७० नम्बरको गाडीमा आगजनी भएको सल्यान प्रहरीले जनाएको छ । गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको प्रहरीले जनाएको छ । ्
गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेका अनुसार टाटा कम्पनीको उक्त गाडी ३७ लाख ३० हजार मूल्यमा गाउँपालिकाले खरिद गरेको थियो ।
प्रहरीका अनुसार गाडी पूर्ण रुपमा क्षति भएको छ । गाडीमा कसले र किन आगजनी गरेको भन्नेबारे अनुसन्धान भइरहेको छ ।