आज :

विश्वकप सेमिफाइनल समीकरण आज पूरा हुँदै

काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण आज पूरा हुदैछ । बंगलादेशविरुद्ध आज पाकिस्तानले प्रतिस्पर्धा गर्दा न्युजिल्यान्ड र पाकिस्तानमध्ये एक टिम विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

लण्डनस्थित लर्ड्समा नेपाली समयअनुसार दिउँसो सवा तीन बजे पाकिस्तान र बंगलादेशबीचको खेल सुरु हुनेछ । सेमिफाइनल पुग्नको लागि यो खेल एकदमै महत्वपूर्ण रहेको छ ।

आज खेलमा पाकिस्तानले बंगलादेशलाई भारी अन्तरले पराजित गरेको खण्डमा मात्रै विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ । यदि पाकिस्तानविरुद्ध बंगलादेशले सुरुमै टस जितेर ब्याटिङ गर्ने निर्णय गरे खेल सुरु हुनुअघि नै पाकिस्तान विश्वकपबाट बाहिरिनेछ ।

पाकिस्तानले सुरुमा ब्याटिङ गर्दै चार सय भन्दा माथि रन बनाउनु पर्छ । यस्तो भएको खण्डमा पाकिस्तानले बंगलादेशलाई तीन सय रन भन्दा धेरैले जित्न सके मात्रै उसको विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना हुन्छ ।

न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्ने लगभग पक्का जस्तै देखिएको छ । न्युजिल्यान्डको ११ अंक छ भने उसको प्लस ०ं१७५ नेट रनरेट छ । यता, पाकिस्तानको भने माइनस ० दशमलव ७९२ नेट रनरेट छ । आजको खेलमा पाकिस्तानले बंगलादेशलाई हराए ११ अंक भएपनि नेट रनरेटको आधारमा न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्न सक्छ । आजको खेलमा पाकिस्तानविरुद्ध बंगलादेश जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal