आज :

निगमको वाइडवडी जहाजको नियमित सि–चेकको मर्मत पश्चात काठमाडौँ अवतरण

  • अनलाइन डबली

नेपाल वायुसेवा निगमको वाइडवडी जहाज (मकालु) को नियमित सि–चेकको मर्मत पश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको छ । जहाजले युरोपिएन एभिएसन सेफ्टी एजेन्सी र फेडरल  एभिएसन एडमिनिस्त्रेसन् बात मान्यता प्राप्त युरोपिएन मुलुक इटालीको मेन्टीनेट्स एण्ड ओभरहल अर्गनाइजेसन कम्पनि बात अन्तर्राष्ट्रिय बिधिसम्मत प्रक्रिया पुरा गरि सि–चेकको मर्मत संभार कार्य सम्पन्न गरि आज बिहान ०८ः ५२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।

युरोपेली मुलुकहरु इ यु  मा नेपाललाई  सेफ्टी लिस्टमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुई वटै वाइडवडी जहाजहरु युरोपको इटाली स्थित Naples मा मर्मत सम्भार कार्य सम्पन्न भएको निगमले जनाएको  छ । उक्त जहाज सहित निगमका चार वटै जहाजहरुले निगमको अन्तर्राष्ट्रिय सेक्टरहरुमा नियमित उडान गरे सँगै यात्रुहरुलई थप सेवा पुग्ने विश्वास पनि निगमले आज जारि गरेको बिज्ञप्तिमा भनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal