
कालीकोट । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भरत बम ‘रणबीर’ लाई कालिकोटमा भव्य स्वागत गरिएको छ । रणवीर २८ महिना लामो जेल जीवनपछि पहिलो पटक गृहजिल्ला कालिकोट पुगेका हुन् ।
बुधबार विहान कालिकोट सदरमुकाम मान्म पुगेका रणवीरलाई नेकपाका कालिकोट र स्थानीयले स्वागत गरेका हुन् । रणवीर कालिकोट पुग्न लागेको खबरले सत्साहित नेकपाका जिल्ला नेता कार्यकर्ता र स्थानीय प्रतिक्षामा बसेका थिए । नेकपा कालिकोटको आयोजनामा रणवीरलाई स्वागत तथा अभिनन्दन गरिएको हो ।
सरकार र नेकपाबीच भएको तीन बुँदे सहमित कार्यान्वयनको लागि दवाव दिने कार्यक्रमलाई सम्बोधनको क्रममा रणवीर कालिकोट पुगेका हुन् । नेकपाले तीन बुँदे सहमति कार्यान्वयनको लागि सबै जिल्लामा दवावमूलक कार्यक्रम गरिरहेको छ ।
यही भदौ ४ गते उच्च अदालत नेपालजंग इजलाले रिहा गर्न आदेश दिएको थियो । उनलाई नेकपामाथिको प्रतिबन्धकै अवस्थामा रणवीरलाई प्रहरीले नेपालगंजबाट गिर फ्तार गरेको थियो । उनलाई बाँके, बर्दिया हुँदै केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।