
हुम्ला । नेकपा (माओवादी केन्द्र) हुम्लाले सबै पालिका सम्मेलन सम्पन्न गरेपछि हुम्ला जागरण तथा समाजवादका लागि कर्नाली करिडोर अभियान २०८२ शुरु गर्ने भएको छ। यो अभियान जेठ १ गते हुम्लाको कुवाडीबाट शुरु भएर उत्तरी नाका हिल्सासम्म पुग्नेछ।
उक्त अभियानको शुरुको दिन अन्तर प्रदेश स्तरीय रुपमा उद्घाटन हुनेछ । उद्घाटनका क्रममा कर्नाली र सुदुरपश्चिम प्रदेशका नेताहरुको समेत उपस्थिति हुने बताइएको छ। नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक डा. दीपेन्द्र रोकायाका अनुसार, यो अभियानले कर्नाली किनारामा रहेका बस्तीहरुमा जागरण ल्याउन र स्पष्ट समाजवादी कार्यदिशा तय गर्न जनमत सिर्जना गर्नेछ।
यस अघि जिल्ला पार्टीको २०८१ फागुन १७ र १८ गते बसेको जिल्ला बैठकले लिएको निर्णय अनुसार सातै पालिकाको पालिका सम्मेलनहरु सम्पन्न भएका छन्। जसअनुसार, २०८१ चैत २ र ३ गते सम्पन्न जिल्ला पार्टीले निर्धारण गरेको समयमा सर्केगाड गाउँपालिकाको तेस्रो पालिका सम्मेलनले छवि थापाको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। यो सम्मेलन गराउन बैकल्पिक केन्द्रीय सदस्य सिता शाही र जिल्ला संयोजक डा दीपेन्द्र रोकाया पुग्नु भएको थियो।
२०८१ चैत २ र ३ गते सम्पन्न जिल्ला पार्टीले निर्धारण गरेको समयमा चंखेली गाउँपालिकाको तेस्रो पालिका सम्मेलनले इञ्चार्ज सुरवीर ऐडी र अध्यक्ष गोविन्दबहादुर शाहीको नेतृत्वमा ४५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। यो सम्मेलन गराउन केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज छिमी लामा पुग्नु भएको थियो।
२०८१ चैत २ र ३ गते सम्पन्न जिल्ला पार्टीले निर्धारण गरेको समयमा खार्पुनाथ गाउँपालिकाको तेस्रो पालिका सम्मेलनले झुल रावलको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। यो सम्मेलन गराउन केन्द्रीय सदस्य विजय भण्डारी लगायतका नेताहरु पुग्नु भएको थियो।
मौसमी प्रतिकुलताका कारण २०८१ चैत ४-६ गते सम्पन्न अदानचुली गाउँपालिकाको तेस्रो पालिका सम्मेलनले अध्यक्ष पदमा मात्र निर्वाचन गरी दीर्घ सिंहको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। यो सम्मेलन गराउन प्रदेश सहसचिव लालकेश जैसी र प्रदेश क सह-इञ्चार्ज कालीबहादुर विक पुग्नु भएको थियो।
मौसमी प्रतिकुलताका कारण २०८१ चैत ५-७ गते सम्पन्न ताँजाकोट गाउँपालिकाको तेस्रो पालिका सम्मेलनले मदन परियारको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। यो सम्मेलन गराउन बैकल्पिक केन्द्रीय सदस्य रणसिंह परियार र जिल्ला सचिव धर्मराज बोहरा पुग्नु भएको थियो।
विविध कारणले ढिलो भएपनि २०८१ चैत २४-२६ गते सम्पन्न सिमकोट गाउँपालिकाको तेस्रो पालिका सम्मेलनले प्रकाश रावतको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। यो सम्मेलन गराउन केन्द्रिय सदस्य विजय भण्डारी, जिल्ला संयोजक डा. दीपेन्द्र रोकाया लगायतका नेताहरु पुग्नु भएको थियो।
२०८१ चैत १५ गते तोकिए पनि उपस्थितिका आधारमा २०८१ चैत २५ र २६ गते सम्पन्न नाम्खा गाउँपालिकाको तेस्रो पालिका सम्मेलनले कुगा लामाको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। यो सम्मेलन गराउन बैकल्पिक केन्द्रीय सदस्य वीरजङ शाही लगायतका नेताहरु पुग्नु भएको थियो।
जिल्ला इञ्चार्ज छिमी लामा र संयोजक डा. दीपेन्द्र रोकायाको उपस्थितिमा २०८१ फागुन १९ गते जनक्रान्तिका महान शहीद परिवार समाजको प्रथम जिल्ला भेला सिमकोटमा सम्पन्न भयो। सम्मेलनले देवी बहादुर बैजीको नेतृत्वमा जिल्ला कार्य समिति निर्वाचित गर्यो। २०८१ फागुन १९ गते निजामती कर्मचारी संगठनको जिल्ला बैठक सम्पन्न भयो। बैठकले जिल्ला सम्मेलनका लागि पालिका सम्मेलनको तयारी गर्ने निर्णय गर्यो।
प्रेस सेन्टर नेपालको जिल्ला बैठक बसी नेपाल पत्रकार महासंघ हुम्लाका लागि अन्य संगठनसँग वार्तामा बस्दा कोषाध्यक्षसहित ३ सदस्य लिने सहमती भयो। जसअनुसार कोषाध्यक्षमा नन्द सिंह निर्वाचित भएका छन्।
यस्तै जिल्ला स्थित तीन क्याम्पसमा स्ववियु निर्वाचन हुँदा सूर्यदय बहुमुखी क्याम्पस श्रीनगरमा सभापति, हिमज्योति बहुमुखी क्याम्पस सर्केगाडमा उपसभापति र मानसरोवर बहुमुखी क्याम्पसमा सचिवको नेतृत्व सहमतिमा लिने कार्य भयो।
२०८१ चैत ५ गते सर्केगाडमा समाजवादी मोर्चाको हुम्ला जिल्लाको चौथो बैठक जिल्ला संयोजक डा. दीपेन्द्र रोकायाको अध्यक्षतामा बस्यो। बैठकले समाजवादी मोर्चाको महत्व स्थापित गर्ने गरी दस्तावेजीकरण गरी प्रेस विज्ञप्ति जारी गर्नुका साथै आगामी जिल्ला कार्ययोजना निर्माण गर्यो। यस बैठकमा नेकपाका स्थायी समिति सदस्य सुशील सी र नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य हस्त शाही लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
जिल्ला कार्यालयको उपस्थितिमा नाम्खा बाहेक अरु सबै पालिकामा अनेमसंघ (क्रान्तिकारी) को पालिका सम्मेलनहरु सम्पन्न भएका छन्। जनक्रान्तिका महान शहीद परिवार समाजको जिल्ला बैठक चैत २४ गते प्रदेश इञ्चार्ज शान्ति ढकाल, अध्यक्ष दिलमाया बुढा, उपाध्यक्ष निर्मला विष्ट र सचिव धर्मराज शाही तथा निर्वाचन आयोग सदस्य देवीलाल गौतम र जिल्ला संयोजक डा. दीपेन्द्र रोकायाको विशेष उपस्थितिमा दोस्रो जिल्ला बैठक सर्केगाडमा सम्पन्न भयो। बैठकले पालिका सम्मेलनको तयारी गरी कार्यान्वयनमा गएको छ।
नेपाल दलित मुक्ति मोर्चाको दोस्रो पूर्ण जिल्ला बैठक २०८१ चैत २६ गते सिमकोटमा सम्पन्न भयो। बैठकमा मोर्चाका केन्द्रीय उपाध्यक्ष रणसिंह परियार, पार्टी केन्द्रीय सदस्यहरु विजय भण्डारी र सिता शाही, जिल्ला संयोजक डा. दीपेन्द्र रोकाया, प्रदेश क सह-इञ्चार्ज कालीबहादुर विक लगायतको उपस्थितिमा भएको बैठकले पालिका सम्मेलनको तयारी गरी कार्यान्वयनमा गएको छ।
८औ जिल्ला सभामा जिल्ला संयोजक डा. दीपेन्द्र रोकायाको सहभागिता भयो। सर्केगाडको परियोजना बैंक निर्माणमा सहजीकरण गर्ने काम भयो। यस्तै जिल्लाका अन्य पालिका सरकारमा स्थानीय समाजवाद लागु गर्ने विषयमा अन्तर्क्रिया भयो।
अखिल नेपाल खेलकुद महासंघ हुम्लाको प्रथम जिल्ला भेला २०८२ बैशाख १३ गते सिमकोटमा सम्पन्न भयो। भेलाले रामजन रावतको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ।
२०८२ वैशाख १३ र १४ गते सर्केगाडमा सम्पन्न भएको योङ कम्युनिष्ट लिगको तेस्रो जिल्ला सम्मेलनले कालीबहादुर भण्डारी (जुझारु) को अध्यक्षतामा ७१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ।
डा. रोकाया जिल्ला संयोजक बनेपछि संगठानिक कार्य र वैचारिक कार्य निरन्तर भर्इरहेको छ। २०६० साल फागुनमा सम्पन्न विधान सम्मेलनको स्रीडलार्इ जिल्ला समन्वय समितिका सदस्यहरु, पालिका समितिहरु, वडा समितिहरुका साथै काठमाडौ, नेपालगञ्ज र सुर्खेतमा रहेका सम्पर्क समन्वय समितिलार्इ प्रत्यक्ष सम्प्रेषण गराउने काम भएको थियो।
हुम्ला जिल्लाको विकासका लागि संघ र प्रदेशमा पार्टीको तर्फबाट सम्वन्धित क्षेत्रका माननीयका साथ स्थानीय माग लिएर पहल जारी राखेको छ। यसपटक पनि सोही प्रयास प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरुको नेतृत्व संघ र प्रदेशमा छलफःल भएको बुझिएको छ।
यसअघि पार्टी सदस्यता नविकरण गरार्इ ४४ वटै वडाको वडा सम्मेलन २०८१ जेठ २६ गते एकैचोटी गर्ने निर्णय गरेपनि २९ वडामा निर्धारित समयमा र १५ वटा वडामा अनुकुलतामा वडा सम्मेलन सम्पन्न भएका थिए।
पालिका स्तरीय बैठक तथा प्रशिक्षण २०८१ जेठ ७ गतेदेखि १० गतेसम्म जिल्ला इञ्चार्ज, केन्द्रीय सदस्यहरु, संयोजक र सचिवको उपस्थितिमा सम्पन्न भएको थियो। जवस मोर्चामा महिला, किसान, बुद्धिजीवी, विद्यार्थी, युवाको जिल्ला बैठक र जेठ ५ गते सर्केगाडमा उद्योग व्यापार महासंघको जिल्ला भेला सम्पन्न भयो।
यसैको परिणाम 2081 मंसिर १६ गते सम्पन्न सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उप-निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी तालमेल गर्दा पनि जनाधार तथा बलियो उम्मेदारीका कारण माओवादी नेतृ देवकी तिमल्सिना रोकाया विजयी हुनु भएको थियो।
माओवादी केन्द्र हुम्लाका अनुसार गत फागुनमा जनयुद्ध विशेष, जिल्ला बैठक र शहीद परिवार समाजको जिल्ला सम्मेलन कार्ययोजना अनुसार सबै काम सम्पन्न भएको छ। चैतमा संगठन निर्माणका लागि सातै पालिका सम्मेलन भयो। बैशाख महिनामा निर्वाचित पालिका पार्टी सबै वडामा पुगेको छ। जवसका सम्मेलनहरु सम्पन्न भएका छन्। संघ र प्रदेशका योजना तर्जुमा र पहल भइरहेको छ।
हुम्लाका माओवादीहरु जनतासँग निरन्तर पुगिरहेका छन्। यही आगामी जेठ १ गतेदेखि १० गतेसम्म कर्नाली करिडोरको कुवाडीदेखि हिल्सासम्मका किनारका बस्तीहरुमा हुम्ला जागरण तथा समाजवादका लागि कर्नाली करिडोर अभियानमा भेट्नेछन्। यसपछि राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम तय गरिएको बताइएको छ। एवं प्रकारले असारमा श्रम र उत्पादनमा केन्द्रित हुने र साउनमा अभियानको समीक्षा गर्दै हिउँदे कार्ययोजना तर्जुमा गर्ने गरी अघि बढेको पाइन्छ।