आज :

स्काभेटर दुर्घटनामा चालक सहित दुई जनाको ज्यान मृत्यु

  • अनलाइन डबली

हुम्लाको चंखेली गापाको पिप्लांग लोतीबाट मिमीतर्फ जान लागेको स्काभेटर एक सय मिटर तल खस्दा चालक सहित दुई जनाको ज्यान गएको छ । विकासे कामका लागि मुगु जिल्ला छाँयानाथ नपा १४का नन्दलाग बडुबालले स्काभेटरले भाडामा काम गर्दै आएको थियो ।

उक्त स्काभेटर दुर्घटना हुँदा चंखेली २का चालक ३१ वर्षका अर्जुन कामी र वर्ष ४५का परबल कामीको ज्यान गरेको जिल्ला प्रहरी कार्यालय हुम्ला स्रोतले जानकारी दिएको छ ।

उक्त स्काभेटर बिग्रेकाले केही दिनदेखि चंखेली गापाको केन्द्र पिप्लांग नजीकै लोतीमा रोकी राखिएको थियो । त्यसलाई चलाएर मिमी गाउँतिर लिन खोज्दा रोकी राखेको सडकसबाट एक सय मिटर तल खसेको छ । उक्त स्काभेटर प्रदेश २.०३.००१ क ९७५ नम्बर रहेको छ ।

२०८१ चैत्र ३१ गते बेलुका ८ बजेतिर स्काभेटर दुर्घटना हुँदा घाइते दुबै जनालाई एम्बुलेन्सबाट उद्धार गरेर श्रीमष्ठा स्वास्थ्यचौकी पिप्लांगमा उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो समय चंखेली गापा मात्र गाडी दुर्घटना भएर चार जनाको ज्या गएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal