आज :

सुनको बजार मूल्य कीर्तिमानी उचाइमा, किन बढ्यो अन्तर्राष्ट्रिय बजारमा मूल्य

  • अनलाइन डबली

सुनको बजार मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । अमेरिका र चीनको व्यापार युद्धको चर्चा र चिन्ता बढ्दै गएका बेला लगानीकर्ताहरू सुरक्षित हुने भन्दै सुनमा आकर्षित भएसँगै मूल्य आकाशिएको बीबीसीले उल्लेख गरेको छ ।

आज नेपालि सुनको बजारमा बिहिबारको दाँजोमा प्रतितोला ३ हजार ९ शयले बढेर  एक तोलाको १ लाख ८५ हजार कायेम भएको छ ।

एशियाली शेयर बजार आज चार प्रतिशतभन्दा धेरै घटेपछि सुनको मूल्यले कीर्तिमान बनाएको हो । अमेरिकी शेयर बजार पनि घटेको छ । पछिल्लो कर नीतिले अमेरिका–चीनको अहिलेको आर्थिक प्रतिस्पर्धा व्यापार युद्धतर्फ जानसक्ने खतराबारे धेरै चर्चा हुन थालेको छ ।

अमेरिकाले चीनलाई १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशतसम्म ‘ट्यारिफ’ लगाउने घोषणा गरिसकेको छ । यसको प्रतिक्रिया स्वरूप चीनले अमेरिकाबाट आयात हुने सामानमा ८४ प्रतिशत कर लगाइसकेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal