
काठमाडौँ । धुनिवेशी नगरपालिका पुरानो धार्के बस्ने बिमला महर्जन मानन्धरको पुर्खौली जग्गामा सडक विभागले पिच गरेपछि उनि अहिले पिडित बनेकी छिन ।
सडक विभागले सितापाईला धार्के सडक विस्तारको क्रममा बिमलाको ३ रोपनी १५ आना जग्गाको बीच भागबाट १६.५ मिटर जग्गा आवश्यक भन्दा बढी बिना जानकारी चौडा बनाई लाँदा बाँकी जग्गा समेत काम नलाग्ने भएको उनको दुखेसो छ ।
पीडित, पीडित परिवार र स्थानीयवासीहरुले बुधबार पीडितलाई न्याय दिनुपर्ने माग गर्दै सडकमा नै प्लेकार्ड सहित प्रदर्शन गरे । श्रीमान् दुबईमा दैनिक जीवनयापनकालागि मजदूरी गर्न ५० डिग्री तातोमा टट्टींदै रहेको तर आफ्नो करोडौंको पैत्रीक सम्पत्ति सरकारले लूट पारामा सडक विस्तार गर्दा आफू घरको न घाटको भएको बताए ।
आफुलाई परेको अन्यायको बिरुद्दमा वडा कार्यालय, धुनिवेशी नगरपालिका, सडक विभाग र भौतिक पूर्वाधार मन्त्रीज्यू र हल्लो सरकारलाई समेत ज्ञापन पत्र र निवेदन पेश गर्दा समेत कुनै वास्ता नगरेको उनले बताए ।
आफुलाई परेको मर्का सम्माननीय प्रधान मन्त्री केपी. शर्मा ओली समक्ष पुर्यादीन सम्बन्धित सबैलाई आग्रह समेत गरे । अन्यथा आफ्नो ४ जनाको सानो परिवार सुकुम्बासी बन्न बाध्य हुने कुरा पीडित बिमला महर्जन मानन्धरले बताए ।