आज :

विप्लवको नाम लिँदै भट्ट र कुँवरले घिमिरेको घरमा आक्रमण गरेको खुलासा, नेकपाले दियो यस्तो चेतावनी (विज्ञप्तिसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आर्थिक लाभको लागि केही अपराधिक समूहले आफ्नो पार्टीको नाम जोडेर काठमाडौँको मण्डिकाटारस्थित मनोहरराज घिमिरेको घरमा आक्रमण गरेको बताएको छ । विप्लव नेतृत्वको नेकपाका काठमाडौँ सेक्रेटरी पवनले आइतबार एक विज्ञप्ति जारी गरेर उक्त घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको र घटनाको अनुसन्धान गर्दा अशोक शर्मा भट्ट र गणेश कुँवरको संलग्नता रहेको बताउँदै जनकारवाहीको चेतावनी दिएका छन् ।

सेक्रेटरी पवनले आफ्नो पार्टीलाई बदनाम गर्ने र आर्थिक लाभ उठाउने उद्देश्यले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघा नेपालका गोरखा संयोजक भट्ट र जनता समाजवादीका कार्यकर्ता गणेश कुँवरको उक्त घटनामा संलग्नता रहेको बताइएको छ । “काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका–९ मण्डिकाटारस्थित मनोहर राज घिमिरेको घरमा मिति २०७६।११।१६ गते करिब ४ बजेतिर हाम्रो जनप्रिय पार्टीको नाममा एक समुहले गरेको आक्रमणको घटनाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भई घटनाको सुक्ष्म छानबिनमा पार्टी केन्द्रित भएको थियो । उक्त घटनामा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको कुनै संलग्नता नरहेको प्रष्ट पार्न चाहन्छौं । आर्थिक लाभको लागि र क्रान्तिकारी पार्टीको बदनाम गर्ने उद्देश्यमा आधारित उक्त अपराधिक घटनामा संसदवादी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन ‘राष्ट्रिय युवा संघ नेपाल’का गोरखा संयोजक अशोक शर्मा भट्ट र राष्ट्रिय जनता पार्टीमा आवद्ध गुल्मी घर भएका गणेश कुँवरसहित अपराधिक कार्यमा संलग्न हुँदै आएका केही व्यक्तिहरुको संलग्नता रहेको पार्टी अनुसन्धानबाट पुष्टि भएको छ” विज्ञप्तिमा उल्लेख छ । उनले सहिदको नाम जोडेर पार्टी र एकीकृत जनक्रान्तिलाई बदनामन गर्ने उद्देश्यले उक्त घटना घटाइएको भन्दै घोर भत्सर्ना एवं निन्दा समेत गरेका छन् ।

सेक्रेटरी पवनले उक्त उघटनालाई अपराधिक भन्दै पर्दा पछाडि केही व्यवसायी पनि जोडिएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताएका छन् । उनले घटनामा जोडिएका भट्ट, कुँवर र पर्दा पछाडि बसेका व्यक्तिहरुलाई पार्टीमा क्षामायाचना नगरे जनकारवाही गर्ने समेत चेतावनी दिँदै विज्ञप्तिमा भनिएको छ, “घटनामा जोडिएका भट्ट, कुँवर र पर्दा पछाडिको भुमिकामा राजनैतिक र ब्यवसायिक आवरणमा रहेका व्यक्तिहरु समेत यथाशीघ्र पार्टी समक्ष आएर आफ्नो गल्ती कमजोरी स्वीकार्दै क्षमायाचना गर्न पार्टी कडा निर्देशनात्मक चेतावनी दिन चाहन्छ । अन्यथा पार्टी र क्रान्तिविरुद्ध यस प्रकारको गम्भीर अपराधजन्य हर्कतमा संलग्नहरुलाइ कडा कारवाही गर्न पार्टी बाध्य हुने कुरापनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं ।”

त्यस्तै, पार्टीमा नाम जोडेर गरिएको उक्त घटनाबाट घिमिरेको घर र गाडीमा क्षति पुगेको भन्दै सेक्रेटरी पवनले दुःख समेत व्यक्त गरेका छन् ।
आर्थिक लाभ उठाउने र पार्टीलाई बदनाम गर्ने उद्देश्यले काठमाडौँमा यस्ता अपराधिक घटना भइरहेको सूचना पार्टीमा आएको बताउँदै उनीहरुलाई नछोड्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ । सेक्रेटरी पवनले सचेत रहन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गर्दै यस्ता घटना भए पार्टीलाई जानकारी गराउन समेत अपील गरेका छन् ।

विज्ञप्ति

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal