आज :

वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा मुछिएकालाई तत्काल कारबाही नगर्ने

काठमाडौं । सरकारले वाइडबडी जहाज खरिदमा भएको अनियमतितामा मुछिएका कर्मचारी तथा मन्त्रीहरुलाई तत्काल कारबाही नगर्ने जनाएको छ ।

आज (बिहीबार) सिंहदरबारमा मन्त्रिपरिषदको निर्णय र समसामयिक विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले पनि उक्त विषयमा छानबिन गर्न आयोग नै बनाएकोले तत्काल कार्यान्वयनमा नजाने बताए ।

उनले भने,‘संसदको अन्य समितिहरुले पनि यस विषयमा छानबिन गरिरहेका छन् । फेरि लेखा समितिले बनाएको उपसमितिको प्रतिवेदनमा पनि केही गल्तीहरु भेटियो । त्यसैले सबैतिरबाट छानबिन गरेर रिपोर्ट आइसकेपछि जो भए पनि कारबाही गरिने छ ।’

यथार्थ विवरण नआइकन कारबाही गर्दा हतार हुन सक्ने बताउँदै वाइडबडी खरिदमा भएको अनियमितताबारे छानबिन गर्न बनेका समिति तथा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनमा एक रुपता आएपछि मात्रै कारबाही गरिने बताए ।

उनले भने,‘अहिले नै कारबाही नगर्नूको अर्थ कसैलाई कारबाही नगरिने भन्ने होइन । तर, छानबिन समितिले अन्तिम निस्कर्ष निकालेपछि जो जो कारबाहीका लागि सिफारिश हुन्छन् । ती सबैलाई कारबाही हुन्छ ।’

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal