आज : २०८२ जेठ, ०१

रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा मातृत्व जोगाउने अभियान

  • अनलाइन डबली
  • २०८२ बैशाख ०७ गते   बिहान ११:०८ बजे

दाङ । कल्प इम्पावर वेमेन नेपालले चैत्र २८ गते देखि २०८२ साल बैसाख ३ गतेसम्म पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वमा मातृत्व जोगाउने अभियान ‘भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी – क्याप’ संचालन गरेको छ ।

गत चैत्र २६ गते भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी क्यापको औपचारिक शुभारम्भ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री माननीय कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा बडीगाड गाउँपालिका कार्यक्रम भएको थियो।

पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व, बडीगाड गाउँपालिका, बागलुङ, अन्नपूर्ण गाउँपालिका, म्याग्दी, पचालझरना गाउँपालिका, कालिकोट,पटेर्वा सुगौली गाउँपालिका, पर्सा, सिगा, गाउँपालिका, बैतडीस र गौमुल गाउँपालिका, बाजुरा गरी ७ स्थानीय तहका करिब १०,००० किशोरी र महिलालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने लक्ष्य लिइएको यो अभियानले पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वमा समेत कार्यक्रम संचालन गरेको जानकारी संस्थाकी अध्यक्ष पुजा कोइरालाले जानकारी दिइन् ।

अध्यक्ष पुजा कोइरालाका अनुसार किशोरी समूहलाई अभिमुखीकरण कार्यक्रम साथै गठन, स्वास्थ्य गाउँ साक्षरता अभियान र पाठेघरको मुख क्यान्सर भी.आइ. ए. चेकजाच निः शुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको छ।एक दिने शिविरको ७० जना महिलाले प्रत्यक्ष लाभ लिएका थिए ।

अभियानको अन्तिम दिन निःशुल्क स्वास्थ्य शिविरको अवसरमा आयोजित औपचारिक कार्यक्रमको अध्यक्षता पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा पुनले गर्नु भएको थियो भनि कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ध्रुव वि.क.ले पुथा उत्तरगङ्गा गाउँपालिका हिमाली गाउँपालिका रहेको र १४ वटा वडा रहेको भौगोलिक विकटता रहेको गाउँपालिका मातृत्व जोगाउने अभियानले ठुलो अर्थ राख्ने मन्तव्य व्यक्त गरे । निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सक डा. विजय ओझाको सहभागिता रहेकाे थियाे ।

पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वमा कार्यक्रम अहिले सुदूरपश्चिमको बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा रहेको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal