आज :

रियल मड्रिडको पुनरागमन जीत

  • अनलाइन डबली

काठमाडौं । स्पेनिस ला–लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा अल्मेरियासँग २ गोलले पछि परेको रियलले अन्ततः नतिजा ३–२ को साथ जित आफ्नो पक्षमा पार्न सफल भयो ।

घरेलु मैदानमा रियल खेल सुरु भएको पहिलो मिनेटमै पछि परेको थियो । अल्मेरियाका लार्जी रमजानीले गोल गेका थिए । ४३ औं मिनेटमा एडगर गोन्जालेजले गोल गरेपछि अल्मेरियाले पहिला हाफमा २–० को अग्रता लिएको थियो ।

अल्मेरियका खेलाडीले रियल मड्रिडका जोसेलुलाई फल गरेपछि भारमार्फत पेनाल्टी दिइएको थियो । ५७ औं मिनेटमा उक्त पेनाल्टीलाई जुड बेलिङघमले गोलमा परिणत गर्दै अन्तर कम गरेका थिए । ६७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै २–२ को बराबरीमा ल्याए ।

दोस्रो हाफको अतिरिक्त नवौं मिनेटमा डेनियल कार्भाजलले गोल गरेपछि अन्ततः रियल मड्रिड ३–२ को जित निकाल्न सफल भयो । जितसँगै रियल मड्रिड ५१ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अल्मेरिया भने पुच्छारमा रहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal