
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको पहिलो औपचारिक भेटवार्ता भएको छ । पौडेलले शथप लिएर कार्यभार समालेपछि शुक्रबार साँझ पहिलो भेट भएको हो ।
उपराष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम घोषणा लगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले पौडेललाई बधाई दिनुको साथै उपराष्ट्रपति चुनाव र आफूले लिन लागेको विश्वासको मतबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
यही ६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । त्यसलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी पनि छ ।
पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।