
काठमाडौँ । काठमाडौँको तीनकुनेमा गत चैत्र १५ गते राजावादी समूहले गरेको आन्दोलनमा अराजक गतिविधि गरेको भन्दै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ । मिश्रको तर्फबाट सारिका कार्कीले मंगलबार आज नेपाल सरकार गृहमन्त्रालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । अदालतमा हाजिर हुन वैशाख ३१ गते बुधबार पेशी तारेख तोकिएको छ ।