
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू ओली नेतृत्वको पार्टीमा नरहेको बताएका छन् । अस्पतालको बेडबाटै नेता खनालले आफू माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा रहेको जानकारी दिएका छन् ।
दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले एमाले विभाजन भएपछि पहिलो पटक सार्वजनिक रुपमा धारणा व्यक्त गरेका छन् । खनालले नयाँ पार्टीलाई आफ्नो साथ र समर्थन रहेको बताएसँगै एमाले वृतमा झन् संकट ल्याएको छ । संस्थापन अर्थात एमाले नेताहरुले खनाल नयाँ पार्टीमा नगएको बताउँदे आएका थिए ।
खनालको सामाजिक संजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । खनालले सचिवालय मार्फत सो जानकारी गराएका हुन् । “‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं” सचिवालयले लेखेको छ ।