आज :

भूमिसम्बन्धी अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने सत्तापक्षीय दलहरूको निर्णय

  • अनलाइन डबली

काठमाडौं । सत्तापक्षीय दलहरूले भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेका छन् । बुधबार बालुवाटारमा बसेको सत्तापक्षीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

‘भूमिसम्बन्धी अध्यादेशमा हाम्रो अब्जेक्सन कायम छ । त्यही भएर आजको बैठकमा यो अध्यादेशलाई आफैं निष्क्रिय हुन दिने र नियमित विधेयकका रूपमा ल्याउने सहमति बनेको छ । अरु विषयमा केही पनि कुरा भएको छैन । आजको बैठकमा भूमिसम्बन्धी अध्यादेशलाई अब के गर्ने र १८ गतेबाट आफैं निष्क्रिय  हुन्छ, या त सरकारले फिर्ता लिनुपर्यो, या त यो आफैं निष्क्रिय हुने अवस्थामा पुगेको छ । त्यसैले यसै विषयमा आजको बैठकले अघि बढाउने निर्णय गरेको हो।’

यसअघि सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा पाँच अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसद्ले स्वीकृत गरेर छलफलका क्रममा छन् । तर भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालले फिर्ता लिनुपर्ने माग सारेपछि अघि बढ्न सकेको  थिएन।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal