आज : २०८२ जेठ, ०२

उपत्यकामा ४६४ सहित देशभर १०८१ सक्रमित थपिए, ३१२ जनाले ज्यान गुमाए

  • २०७७ भाद्र २४ गते   ०४:४४ बजे

काठमान्डौं । बुधबार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा बाल्दै मनत्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना  संक्रमण पुष्टि भएको जनाएकाे छन् ।

काठमाडौंका ३९४, भक्तपुरका ३६ र ललितपुरका  ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। मंगलबार उपत्यकामा मात्रै ३९६ जनामा संक्रमण देखिएको थियो।

अाज  नेपालमा थप देशभर १ हजार ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मंगलबार ९०२ जना थपिएका थिए । सोमबार ९७९ जना थपिएका थिए । आइतबार ९८० जना थपिएका थिए । हालसम्म नेपालमा ४९ हजार ९१९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी आज ज्यान गुमाउनेको सँख्या ६ जना छन् । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ३१२ पुगेको छ । मंगलबार पनि ६ जनाको ज्यान गएको थियो ।सोमबार ११ जनाको ज्यान गएको थियो ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । आज निको हुनेको संख्या ९१८ जना छ । मंगलबार २,२८७ जना निको भएका थिए । सोमबार १,७३६ जना निको भएका थिए । आइतबार १,८१४ जना निको भएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १०७ पीसीआर परीक्षण गरिएको छ ।
हालसम्म कूल पीसीआर परीक्षण संख्या ७ लाख ९९ हजरा ३४१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित संख्या १५ हजार २५ छ । जसमध्ये ७ हजार ९८८ जना संस्थागत आइसोलेसनमा छन् भने ७ हजार ३७ जना होम आइसोलेसनमा छन्। क्वारेन्टिनमा रहेकाको संख्या ५ हजार ४८० पुगेको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal