आज :

बुद्ध जयन्ती केवल उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह,शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिदैँ बुद्ध जयन्ती केवल उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण रहेको बताएका छन् ।

सोमबार शुभकामना संदेश माफर्त उनले बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण रहेको बताएका हुन् ।

उनले शुभकामना संदेशमा भनेका छन्, ‘उहाँको व्यवहारबाटै दिनुभएको शिक्षाले आज हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ। क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक हुन्। बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ ।’

उनले विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता हासिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको पनि बताए ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal