आज :

बर्षासँगै हावा हुरी र चट्याङ : बझाङ, डोटी र रोल्पाको तीन जनाको मृत्यु, सडक अवरुद्ध

  • अनलाइन डबली

काठमाडौँ । लामो समयदेखिको वायु प्रदुषण र खडेरीबीच हिजो रातिबाट देशका विभिन्न भागमा बर्षा भएको छ । असिना, हावा हुरीसँगै परेको चट्याङबाट तीन जनाको मृत्यु भएको छ । त्यस्तै एक दर्जनबढी घाइते भएका छन् ।

बुधवार राति डोटीको सायल गाउँपालिका–६ की ३३ वर्षीय कमला नागरी र बझाङको वित्थडचिर गाउँपालिका–३ का ७८ वर्षीय धौले बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी रोल्पाको रोल्पा नगरपालिका १० कुटिबाङ घर भई सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको लुम्बिनी प्रहरी कार्यालयले जनाएको छ ।

चट्याङबाट डोटीमा १० वर्षीय तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी, ३ महिनाका शंकर नागरी, ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय खुशी नागरी घाइते भएका छन् ।

प्रहरीका अनुसार बर्षासँगै ठाउँठाउँमा पहिरो खस्दा देशका ९ वटा सडक अवरुद्ध हुनेको साथै विद्युत सेवा पनि प्रभावित भएको छ । हावाहुरी र पानीसँगै परेको चट्याङले बझाङको खोड्पे–बझाङ ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति पुर्‍याएपछि विद्युत सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal