आज :

बर्नली र लुटन टाउनले अंक बाँडे

  • अनलाइन डबली

काठमाडौं । प्रिमियर लिग फुटबलमा बर्नली र लुटन टाउनले बराबरी खेलेका छन् ।

शनिबार बिहान सकिएको खेलमा दुवै टोलीले एक–एक गोलका बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बर्नलीका लागि जेकी आमदौनी र लुटन टाउनका कार्लटन मोरिसले एक–एक गोल गरे ।

खेलको ३६औँ मिनेटमा बर्नलीका जेकीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको इन्जुरी समयमा लुटन टाउनका मोरिसले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । उता बर्नली सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

जारी लिगमा २१ खेल खेलेको बर्नली १२ अंकका साथ अन्तिमबाट दोस्रो १९औँ स्थानमा छ । २० खेल खेलेको लुटन टाउन १६ अंक जोडेर १८औँ स्थानमा छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal