आज :

बकैया कपमा विजयी खेलाडीलाई सम्मान

  • अनलाइन डबली

मकवानपुर । बकैया गाउँपालिकामा आयोजित पाँचौं बकैया कप फुटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीहरूलाई सम्मान गरिएको छ ।

वडा नम्बर ५ को तर्फबाट प्रतियोगितामा उपाधि जितेका खेलाडीहरूलाई वडा कार्यालयले खदा ओढाएर सम्मानपत्र प्रदान गरेको हो ।

खेलाडीहरूको प्रोत्साहनका लागि वडा कार्यालयले सम्मान गरेको वडा कार्यालयका सहायक सचिव देवराज लामिछानेले बताए । खेलाडीहरूलाई वडाध्यक्ष लक्ष्मी जिम्बाले सम्मान गरे ।

सम्मान कार्यक्रममा वडा नं. ५ का सदस्य अमृत थिङ, बकैया खेलकूद विकास समितिका सदस्य सीताराम स्याङतान, ५ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष विनोद वाइवा, प्रभात माविका प्रधानाध्यापक दिपेश देवकोटा, एन्फा रेफ्री अनिल विक, प्रतियोगितामा टिम म्यानेजर वडा खेलकुद विकास समिति सदस्य वीरबहादुर घलान लगायत थिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal