आज : २०८१ चैत्र, २५

फूड एण्ड डेरी टेक्नोलोजी किन पढने ??

  • लोकराज पन्त
  • २०८० श्रावण ०१ गते   बिहान १०:०० बजे

खाद्य तथा दुग्ध प्रविधि ९फूड एण्ड डेरी  टेक्नोलोजी  शिक्षा बारे प्रायः जसो मानिसहरु जानकार छैनन् । जति बिद्यार्थीहरुले यो बिषय अध्ययन गरीरहेका छन, उनिहरुमध्ये अधिकांशलाई पनि यो बिषयको बारेमा पूर्ण जानकारी छैन । नेपालका थोरै मात्र कलेजहरुले यो बिषयको अध्ययन—अध्यापन गराउने हुदा प्रचार प्रसारको कमी देखिन्छ ।
नेपालमा हाल यस बिषयका बिभिन्न तहहरुमा अध्ययन—अध्यापन भइरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) बिभिन्न शिक्षालयहरु मार्फत तिन बर्षे डिप्लोमा तहको अध्ययन—अध्यापन हुन्छ भने त्रिभुवन विश्वविद्यालयले स्नातक, स्नाकोत्तर र विद्यावारिधी तह सम्मको अध्यापन गराउदै आइरहेको छ ।तिन बर्षे डिप्लोमा तहको अध्ययन मध्यम खालको प्राविधिक जनशक्ति उत्पादन गर्ने पढाई हो ।

खाद्य प्रविधि के हो ?

खाद्य प्रविधि भनेको उत्पादन, प्रशोधन, भण्डारण, प्याकेजिङ्ग, गुणस्तर नियन्त्रण र खाद्य वस्तुको वितरण गर्ने विज्ञान हो। खानाको गुणस्तर, पोषण, सुरक्षा र उपलब्धता बढाउन रसायन विज्ञान, इन्जिनियरिङ्, माइक्रोबायोलोजी र पोषण सहित विभिन्न अनुसन्धान विषयहरू लागू गरिन्छ।
खाद्य पदार्थको गुणस्तर कायम राख्दै प्रशोधन गरी लामो समयसम्म खानयोग्य अवस्थामा राख्न सकिने र विविधतामा ल्याउनका लागि गरिने अध्ययन अनुसन्धान, प्रयोग नै खाद्य प्रविधि हो,’
गुणस्तरीय खाद्यान्न उत्पादन, प्रशोधन र उपभोक्तालाई वितरण गर्ने प्रक्रिया खाद्य प्रविधि हो। खाद्य प्राविधिकले भण्डारण र संरक्षण गरेर खाद्यान्नको गुणस्तर कायम राख्न काम गर्छ। तिनीहरूले पोषण मूल्य र खानाको गुणस्तर पनि कायम राख्छन्।
फूड टेक्नोलोजिस्टको महत्त्वपूर्ण कार्यहरू मध्ये एक खानाको गुणस्तर संरक्षण गर्नु र यसको प्रशोधन र विकास जाँच गर्नु हो। खाद्य उत्पादनहरू वा परिकारहरूसँग सम्बन्धित अध्ययनलाई प्रायः खाद्य प्राविधिकहरूले हेरचाह गर्छन्। तिनीहरू आहार सामग्रीहरू स्वास्थ्यको लागि प्रतिकूल छैनन् भनेर सुनिश्चित गर्न जिम्मेवार छन्।

फूड साइंस र टेक्नोलोजी नेपालका धेरै थोरै पाठ्यक्रमहरू मध्ये एक हो जसले अन्तरक्रियात्मक सिकाइ विधिहरूलाई बढावा दिन्छ। विज्ञान र प्रविधिको विकासले मानिसलाई आजकल व्यस्त राखेको छ। त्यसैले जनता आफ्नो स्वास्थ्यप्रति बढी सचेत छन् र गुणस्तरीय खाद्यवस्तुमा बढी ध्यान दिन्छन् । कृषि प्रधान देश भएकाले नेपालसँग खाद्यान्न उत्पादन गर्ने सामग्रीको ठूलो स्रोत छ । त्यसैले नेपालमा खाद्य प्रविधिको उच्च सम्भावना छ ।
यो विषयप्रति विद्यार्थीको आकर्षण बढेको छ।
खाद्य विज्ञान र प्रविधिले स्वस्थ, दिगो र प्रशस्त खाद्यान्नको विश्वव्यापी आपूर्ति सुनिश्चित गर्दछ। यो खाद्य प्रणालीलाई समर्थन गर्न, जोखिम कम गर्न, र लाभहरू अनुकूलन गर्न मद्दत गर्दछ। यसले खाद्य प्रणालीको विशेष समस्याहरू समाधान गर्न मद्दत गर्न सक्छ। धेरै कच्चा खाद्य वस्तुहरू र( Addivites) पौष्टिक र उपभोग्य खानाहरूमा प्रशोधन गरिन्छ जुन वर्षभर उपलब्ध हुन्छ।
फुड टेक्नोलजीले मानिसलाई कसरी स्वस्थ, सन्तुलित तुल्याउने, मिठो खाद्यपदार्थ बनाउने, उत्पादन गर्ने, प्याकेजिङ, बिक्रीवितरण गर्ने भन्ने कला सिकाउँछ।

खाद्य प्रविधि विषयमा बाँच्नका लागि उपयोग गरिने कुनै पनि खाद्यवस्तुमाथि अध्ययन हुन्छ। यो प्रविधि अध्ययनले चिया, रक्सी, बिस्कुट, अन्नबालीदेखि जाँड बनाउने मर्चा, किनेमा, गुन्द्रुक, दूधका परिकार, सिन्की, मेसो, तोङबा, किनिमा, मस्यौरा बनाउन सैद्धान्तिक ज्ञान दिन्छ। दाल, चामल, छुर्पी, याङ्बेन हिमाली भेगमा पाइने झ्याउ, सुकुटी लगायतका विभिन्न खाद्यपदार्थको लाभ, हानि केलाउन सकिन्छ। खाद्य पदार्थको गुणस्तर कायम गर्ने नयाँ तरिका अपनाउनु, दिनभरि प्रयोगशालामा रमाउनु, अभ्यास गर्नु, छलफल गर्नु विद्यार्थीको दिनचर्या हो। विद्यार्थी सैद्धान्तिक र प्रयोगात्मक अभ्यासमा हरपल खटिरहेका भेटिन्छन्। यो विषयले खाद्य सुरक्षा, पोषणतत्त्व, स्वादसँग प्रत्यक्ष सरोकार राख्छ।

खाद्य प्रविधिमा रोजगारीको अवसरहरु
नेपालमा रहेका ठुला, मझौला र साना खाद्य उद्योगहरुमा अहिले डिप्लोमा अध्ययन गरेका बिद्यार्थीहरुले रोजगारको अवसरहरु पाईरहेका छन । नेपालमा बि.टेक र एम .टेक पास गरेका जनशक्ति विदेश पलायन हुदा अहिले खाद्य उद्योगहरुको पहिलो रोजाइ नै डिप्लोमा अध्ययन गरेका बिद्यार्थीहरु हुन पुगेका छन ।
खाद्य प्रविधिमा डिप्लोमा अध्ययन गरेका बिद्यार्थीहरुकालागि रोजगारीका अवसरहरु निम्नलिखित छन
सरकारी तर्फ

  • खाद्य अनुसन्धानशालामा खाद्य निरिक्षक
  • खाद्य प्राविधिज्ञ
  • डेरी प्राविधिज्ञ
  • मासु प्राविधिज्ञ
  • खाद्य संथान मा खाद्य प्राविधिज्ञ
  • डि डि सि मा खाद्य प्राविधिज्ञ

निजि तर्फ

  • बिभिन्न खाद्य उद्योगहरुमा खाद्य प्राविधिज्ञ
  • खाद्य उद्योगहरुमा खाद्य तथा गुणस्तर विज्ञ
  • बिभिन्न एन जि ओ र आई एन जि ओ हरुमा खाद्य तथा गुणस्तर विज्ञ
  • बिभिन्न खाद्य प्रयोगशालामा गुणस्तर विज्ञ

भर्ना योग्यता मापदण्ड

एस.ई.ई मा कम्तिमा १.६ जिपिए
एस.एल.सि पास

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal