आज :

प्रेस सेन्टर नेपाल कर्णालीको नयाँ नेतृत्व: अध्यक्ष प्रतीक इच्छुक शर्मा, महासचिव अशोक कुमार सिंह

  • अनलाइन डबली

विरेन्द्रनगर, सुर्खेत — प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। यही चैत १० र ११ गते सम्पन्न अधिवेशनले प्रतीक इच्छुक शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

सल्यानका शर्माको नेतृत्वमा बनेको कार्यसमितिमा तीन जना उपाध्यक्ष चयन भएका छन् — धर्मराज जिसि (सुर्खेत), उपेन्द्र न्यौपाने (जुम्ला), र तुलसा रोका (पश्चिम रुकुम)चयन भएका छन् । महासचिवमा अशोक कुमार सिंह (कालिकोट) चयन भएका छन्।

सचिवहरूमा तिलकराज वलि (सल्यान), नरजङ तामाङ (हुम्ला), जुना कुमारी रावत (जाजरकोट), प्रिमा कुमारी विश्वकर्मा (प्रेरणा, कालिकोट), र तुलाराज चौलागाईं (आकाश, कालिकोट) चयन भएका छन्। कोषाध्यक्षमा कृष्ण शर्मा (दैलेख) चयन भए।

सदस्यहरूमा रमिता खड्का मगर (पश्चिम रुकुम), कल्पना रावत (जुम्ला), सुनिल महरा (पश्चिम रुकुम), काली बहादुर नेपाली (जाजरकोट), इन्द्रबहादुर बुढाथोकी (सल्यान), बिक्रम तिरुवा (सलिन, जुम्ला), गोविन्द विश्वकर्मा (सुर्खेत), रमेश जैसी (जाजरकोट), टिकाराज उपाध्याय (कालिकोट), र राकेश बिक (दैलेख) चयन भएका छन्। थप ४ जना सदस्य पछि मनोनीत गरिनेछ।

यसैगरी, लेखा समिति संयोजकमा प्रचण्ड खत्री (पश्चिम रुकुम) चयन भएका छन्।

नयाँ नेतृत्व चयनसँगै कर्णाली प्रदेशमा प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित र पेशागत विकासका लागि समिति क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal