
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । शुक्रबार बसेको प्रदेसभा बैठकमा आचार्यले विश्वास सम्बन्धी प्रस्ताव पेश गरेका हुन् ।
मुख्यमन्त्री आचार्यले राखेको प्रस्तावको छिनोफानो आइतबार हुने भएको छ । नेकपा एमाले अल्पमतमा परिसकेकाले आइतबार उनी मुख्यमन्त्रीबाट बिदा हुने पक्का छ । तर, पनि संसदीय प्रक्रिया पूरा गर्न आइतबार मतदान गर्ने कार्यसूची रहेको छ ।
मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी थप प्रक्रिया आइतबार बस्ने बैठकमा हुने जानकारी गराएका थिए । योसँगै आजको प्रदेशसभा बैठक स्थगित भएको छ ।
मुख्यमन्त्री आचार्यको प्रस्तावमाथि छलफल तथा मत विभाजन प्रक्रिया आइतबार दिउँसो १२ः ३० बजे बस्ने बैठकमा सुरु हुने सभामुख भण्डारीले जानकारी गराउँदै आजको बैठक स्थगित गरेका थिए ।
विभाजनसँगै अल्पमतमा परेको एमाले नेतृत्वको सरकार आइतबार ढल्ने निश्चित छ । एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने विपक्षी गठबन्धनको तयारी छ ।