आज :

प्रथम महिला कप (वमेन्स कप) एकायन कराते प्रतियोगिता २०८१ सम्पन्न

  • अनलाइन डबली

काठमाडौँ । नेपाल एकायन कराते संघ को आयोजनामा प्रथम महिला कप (वमेन्स कप) एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ । नयाँबजार खुशीबुँ  स्थित बहुउद्देश्यीय मार्शल आर्ट केन्द्रमा शनिबार सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष रोजीना श्रेष्ठको प्रमख आतिथ्यता रहेको थियो । नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा संचालित कार्यक्रममा विशिष्ट अतिथि महिला व्यवसायी श्रीमती लक्ष्मी शर्मा, नेपाल एकायन कराते संघका केन्द्री सल्लाहकारहरु शंकर महर्जन, रमेशमान मुनिकार, नेपाल एकायन कराते संघका सल्लाहकारहरु विरकृष्ण श्रेष्ठ, धर्मदेव महर्जन, निरोज कर्माचार्य, गोजुरियो कराते काठमाडौं जिल्ला अध्यक्ष एवं वरिष्ठ प्रशिक्षक राजकुमार श्रेष्ठ, मेरिहोम मन्टेशवरी तिनथानाका प्रिन्सिपल सरिता खनाल, शिला दानी , समाजसेजी छिरिङ्ग शेर्पा, महिला समाज सेवीहरु लक्ष्मी रत्न तुलाधर, ज्ञानी श्रेष्ठ, मिना मानन्धर, आशा शाक्य, अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्ष केदारेश्वर मान स्थापित, जापान गोजुरियो कराते डो संघका अध्यक्ष विदुर कुँवर समेतको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकार धर्मदेव महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रतियोगितामा विभिन्न विद्यालयका तथा प्रशिक्षण केन्द्रका ५० जना महिला खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा जम्मा ७ वटा तौल समूहहरुमा प्रतियोगिताका खेलहरु संचालन भएका थिए । उपरोक्त तालिका अनुसार महिलातर्फ ३० के.जी मुनि तौल समूहमा प्रार्थना बज्राचार्यले स्वर्ण, सन्जिता तामाङ्गले कास्य र समिक्षा तामाङ्गले रजत पदक प्राप्त गर्न सफल भए भने ३५ के.जी. मुनि तौल समूहमा रेखा रोकायाले प्रथम, अन्जु राईले द्वितीय र सविना तामाङ्गले तृतिय स्थान हासिल गरिन्, त्यसैगरी ४० के.जी. मुनि तौल समूहमा समृद्धि शाहीले स्वर्ण पदक, वर्षा वाइबाले कास्य पदक र पलिष्ठा बज्राचार्यले रजत पदक प्राप्त गर्न सफल भईन् । त्यसैगरी ४५ के.जी. मुनि तौल समूहमा सम्झना तामाङ्गले स्वर्ण पदक, विपना घिसिङ्गले कास्य पदक र सहाना भुजेलले रजत पदक प्राप्त गर्न सफल भईन् । ५० के.जी. मुनि तौल समूहमा अन्जना तामाङ्गले स्वर्ण पदक, रेश्मिला राईले कास्य पदक र युनिका लिम्बुले रजत पदक प्राप्त गर्न सफल भईन् भने ५५ के.जी. मुनि तौल समूहतर्फ सपना गोपाली र विविषा परियारले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने पुजना तामाङ्गले तृतिय स्थान हात पार्न सफल भइन् । यसै गरी खुल्ला तौल समूहतर्फ विनिता थिङ्ग र स्मारिका माझीले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने अस्मिता तामाङ्गले तृतिय स्थान हात पार्न सफल भइन् ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि लगायत अन्य विशिष्ट अतिथिज्यूहरुले प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गर्नु भएको थियो । साथै अन्य सहभागी सम्पूर्ण खेलाडीहरु लगायत खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा निर्णयाधिशमा विष्णुमान शाक्य र भरत धौलाकोटी, मुख्य निर्णायकमा किशोर तामाङ्ग र रुपेश मगर तथा निर्णायकहरुमा राजेन्द्र तामाङ्ग, सुरेश धौलाकोटी, शंकर धौलाकोटी, हिमाल सागर, उर्मिला विश्वकर्मा, सुमन महर्जन, पृथ्वी खतिवडा, आशिष घिमिरे, श्रीराम राना, र अविषेक तामाङ्ग, मनिष राई, राजेश श्रेष्ठ, निर्जला श्रेष्ठ, समृद्ध तण्डुकार, उज्ज्वल विष्ट रहेका थिए ।

फोटोहरु-

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal