
हुम्ला । ०४६ सालबाट मोटो मसालको राजनीतिक यात्रा सुरु गरेका हुम्लाका छिरिङडुङडोल लामा ‘कार्चेन’ अहिलेसम्म ओझेल परेका छन्, यसबाट हुम्ली जनताले उनको विषयमा प्रचण्डलाई प्रश्न गरेका छन्,“के हरेक राजनीतिक प्रणाली र पार्टीमा इमान्दारहरुलाई पाखा लगाएर छट्टुहरुको मात्रै जागजगी हुने हो ?
”।
मोटो मसालबाट राजनीतिक यात्रा सुरु हुदै संयुक्त जनमोर्चा पाटी सक्रिय रहेका लामा ०५४ साल बरगाउँ गाउँ विकास समितिमा संयुत्त जनमोर्चाका अध्यक्ष पाएपनि आफु उपाध्यक्ष भएर पदमबहादुर लामालाई अध्यक्ष पद त्याग समेत गरे । ०५४ सालदेखि भुमिगत जिवन बिताएका लामा अहिले सम्म पनि ओझेलमै छन् । इमान्दार शालिन,निष्ठावान राजनीतिक गर्दै आएका छिरिङडोङुल लामा ०५६ साल संयुक्त जनमोर्चाका हुम्ला जिल्ला सेक्रेटरीको जिम्मा पाए ।
३२ वर्षदेखि राजनितिक यात्रादेखि सैन्य कमाण्डरको अनुभव भएका छिरिङ डुङडोल लामाको पार्टीले ध्यान दिएन्
हिमाली जनसाँस्कृतिक परिवार अध्यक्षदेखि सैन्य कमाण्डर सम्म अनुभव छ । ०५६ साल कार्तिक १३ गतेको हुम्लाको राहदेवमा दमनपछि लामा भुमिगत रुपमै जिवन बिताएका हुन् । उनका गुरु मुकुन्द घिमिरे संयुक्त जनमोर्चाका जिल्ला डिसिएम थिए । सहकर्मी कालिकोट जिल्लाका हर्कबहादुर शाही प्रभात पनि सचिव रहेको लामाको भनाई छ । ०५६ सालतिर लामाको राजनीति यात्रा माओवादीमा सुरुवात भएको बताउन्छन् ।
कर्णाली उपब्युरो,सदस्य कर्णाली मुक्तिमोर्चाका सदस्य देखि ०५९/०६० तिर हुम्ला जिल्लाका जनसरकार प्रमुख भएका लामा त्यागी र इमान्दार मध्येकै एक राजनीतिकज्ञ हुन् । जिल्लाको जनसरकार प्रमुखहुदै भेरी कर्णाली सदस्य भेरीकर्णाली ब्युरोका सचिवायसमेत सदस्यका रुपमा कामसमेत गरे । दुर्गम जिल्ला लामा समुदायका छोरा छिरिङडोल लामा ०५८ सालतिर पशिचम सैन्या डिभिजन ब्यरोका सदस्य भएर काम गरे । हिमाली भोटे राष्टिय मर्चाका केन्द्रिय अध्यक्षको अनुभव बटुलेका लामा कर्णालीका मुगु,डोल्पा,हुम्ला जिल्लाका लामा समुदायका हितमा समेत काम गरे । ०७० साल पोलिब्युरो सदस्य जिम्मेवारी अंगालेका उनी एकिकृत माओवादी पार्टीका ३÷३ पटक जिल्ला इन्र्चाजको जिम्मा अंगालेका छन् ।
माओवादी केन्द्रले साँसद टिकट दिएका लामा जिल्लामा छक्कबहादुर लामा र छिमि लामा बिच विवाद हुदाँ सहजै आफु पाएको टिकट साँसद छक्कबहादुर लामालाई हस्तान्तर गरेका थिए । इमानको राजनीति गर्दै आधा जिवन बिताइसकेका लामाको शुभचिन्तकहरुले माओवादी पाटी प्रति असुन्तष्टि जनाएका छन् । छिरिङडुङडोल हुम्लाका माओवादीमा भुमिगत जिवन बिताउने मध्येकै पहिलो रहेको माओवादी केन्द्र जिल्ला अध्यक्ष लालकेश जैसीले बताए । उहाँ जस्तो त्यागी इमान्दार निष्ठाको राजनीतिक गर्दै आउनु भएकोले ओझेल परेको जैसीले बताए ।
सामाजिक सञ्जालमा लामालाई माओवादी पार्टीले कर्णाली प्रदेशमा पनि कुनै मन्त्रालयका जिम्मेवारी दिनुपर्ने दबाब दिएका छन् । ३२ वर्ष राजनीतिक यात्रामा होमिएका लामालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जर्नाधन शर्माको ध्यानार्कषण गरेका छन् ।