
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ। निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।
इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ ।