आज :

पूर्वराजा ज्ञानेन्द्रलाई जवाफदेहिताको तहमा ल्याइनुपर्ने सांसदहरुको माग

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनको घटनामा दुर्गा प्रसाई पक्राउ परिसकेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताएका छन्  ।

शुक्रबार सिंहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै उनले फागुन ७ ज्ञानेन्द्रले आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर ठूलो घटना घटेको भन्दै मृतकलाई श्रदान्जली समेत नदिने उनको क्रियाकलापले कहिँ न कहिँ संलग्नता देखिएको बताए । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा ल्याउनुपर्ने उनको माग छ ।

‘आन्दोलनको अगुवाई गर्ने दुर्गा प्रसाईंजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौं । अहिले यति भन्छु । कोही कसैलाई पनि उन्मुक्ति नहोस्, कानून बमोजिम कारवाहीको दायरामा ल्याउने कुरामा सरकारको दृढतापूर्वक पहलकदमी गरोस,’ उनले भने,‘फागुन ७ गते पूर्वराजाले जनताको नाममा जुन आह्वान गर्नुभयो त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ । यति ठूलो घटना हुँदा उहाँ स्वयमले फागुन ७ आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर घटना भएको देखिन्छ । तर घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको छैन् । मृतकलाई श्रद्धान्जली समेत दिनुभएको छैन् । यसले उहाँको कहिँ न कहिँ संलग्नता छ भन्ने पुष्टि हुन्छ । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा ल्याउनुपर्छ ।’

त्यस्तै उनले आन्दोलनका कमाण्डर प्रसाईले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको भन्दै प्रहरीले संयमता नअपनाएको भए ठूलो मानवीय क्षति हुन सक्ने अवस्था देखिएको बताए ।

त्यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले तीनकुनेमा चैत १५ गते भएको आन्दोलनले गर्दा आफूलाई यस्तो खालको प्रवृत्ति बीजारोपण कहाँबाट भयो भन्ने डर लागेको बताए ।

उनले यस्तो घटना फेरि भविष्यमा नहोला भन्न नसकिने भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने धारणा राखे ।

त्यस्तै नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे  पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिको बैठकमा बोलाएर मानव अधिकार उल्लंघन हो कि होइन ? भने प्रश्न गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनले संविधानको नजरमा सबै बराबरी रहेको भन्दै अराजकता मच्चाउने छुट कसैलाई नभएको टिप्पणी गरे ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal