आज :

पाकिस्तानसँगको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको ’क्लिन स्वीप’

  • अनलाइन डबली

काठमाडौं । पाकिस्तानसँगको तीन खेलको अन्तर्राष्ट्रिय टेस्ट शृङ्खलामा अस्ट्रेलियाले ’क्लिन स्वीप’ गरेको छ ।

सिड्नीमा भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलिया ८ विकेटको जित निकाल्न सफल भएको हो ।

पहिलो र दोस्रो टेस्ट जितेको अस्ट्रेलियाले तेस्रो टेस्टमा पनि जित हात पार्दा टेस्ट च्याम्पियनिसपको साइकलमा ठूलो फाइदा भएको छ । पहिलो पारिमा पाकिस्तानले ३१३ रन बनाएको थियो ।

अस्ट्रेलियाले पहिलो पारिमा २९९ रन बनाएपछि १४ रनको अग्रता लिएको पाकिस्तानको दोस्रो पारि उत्कृष्ट रहेन । जम्मा ११५ रनमा समेटिन पुग्यो ।

१२९ रनको अग्रताका साथ दोस्रो पारि सकाएको पाकिस्तानबाट अस्ट्रेलियाले १३० रनको लक्ष्य पायो । उक्त लक्ष्य अस्ट्रेलियाले मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।

यसैगरी सन्यास घोषणा गरेर अन्तिम टेस्ट क्रिकेट खेलेका डेभिड वार्नर ५७ रन बनाएर आउट भए ।

अस्ट्रेलियाका लागि मार्नस लावुसेनले नटआउट पारि खेल्दै सहज जित दिलाए । दुवैले नटआउट अर्धशतक प्रहार गरे ।

लाभुसेनले नटआउट ६२ रन बनाए । स्टेभन स्मिथ ४ रनमा नटआउट रहे । ओपनर उस्मान ख्वाजा भने खाता नै नखोली आउट भएको थिए । पाकिस्तानका साजिद खानले २ विकेट लिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal